धरान । दोस्रो समिट रन आइतबार सम्पन्न भएको छ । धरान–९ स्थित समिट स्कुलको आयोजनामा समिट रनमा आधारभूत तह, मा.वि. तहका छात्रछात्राहरूबीच प्रतिस्पर्धा गरिएको प्रिन्सिपल रमेश दाहालले जानकारी दिए ।

उनका अनुसार आधारभूत तह कक्षा ४ र ५ तर्फको प्रतिस्पर्धामा छात्रमा योरोन लिम्बू प्रथम हुँदा आदित्य चौधरी दोस्रो र आयाम गिरी तेस्रो भए । त्यस्तै कक्षा ६ र ८ बीचको प्रतिस्पर्धामा छात्रतर्फ सुवास निरौला प्रथम बन्दा एलिन राई दोस्रो र रोहन लिम्बू तेस्रो भए ।

यस्तै कक्षा ९ देखि १२ सम्मको प्रतिस्पर्धामा सुमन बर्देवा प्रथम हुँदा सोलोमन राई दोस्रो र अमरजित साह र सुशान्त राई क्रमशः तेस्रो भए । यस्तै छात्रातर्फ कक्षा ४ र ५ बीचको प्रतिस्पर्धामा रचना दास प्रथम हुँदा अनुस्था साह दोस्रो र पुनम चौधरी तेस्रो भइन् ।

कक्षा ६ र ८ बीचको प्रतिस्पर्धामा अधिश्री दाहाल प्रथम हुँदा रिया साह र स्मृति बस्नेत क्रमशः दोस्रो र तेस्रो भए । यस्तै कक्षा ९ र १२ बीचको प्रतिस्पर्धामा युनिसा कटवाल प्रथम हुँदा सलोनी साह र अस्मिता रसाइली क्रमशः दोस्रो र तेस्रो भए । प्रतियोगितामा २ सय ७५ जना प्रतिस्पर्धी सहभागी भएको प्रिन्सिपल दाहालले जानकारी दिए । तीन किलोमिटर रन गरिएको थियो ।