म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) हङकङको आयोजनामा सम्पन्न चौथो मोना कप फुटबल प्रतियोगीताको उपाधी जोर्डन फुटबल क्लब हङकङले जीतेको छ ।

शनिबार हङकङको जोर्डन, काउलुन पार्क स्थित किङ जर्ज भि मेमोरियल पार्कमा सम्पन्न प्रतियोगीतामा ज्योति फुटबल क्लबलाई हराउँदै जोर्डनले उपाधी जीतेको हो । बिजेता जोर्डन एफसीले हङकङ डलर २५ हजार ५ सय ५५ र उप विजेता ज्योति एफसीले हङकङ डलर १५ हजार ५ सय ५५ प्राप्त गरेका छन् । प्रतियोगीतामा चार समूहमा जम्मा १५ टिम सहभागी थिए । 

आयोजक मोनाका अध्यक्ष कर्णबहादुर पुनको सभापतित्व र प्रकाश पुनको प्रमुख आतिथ्यतामा प्रतियोगीता सम्पन्न भएको थियो । मोना स्थापना भएको २५ वर्ष पुगेको अवसरमा प्रतियोगीता आयोजना गरिएको हो ।