धरानस्थित मितेरी डेभलपमेन्ट बैङ्कले इलाका प्रहरी कार्यालय धरानलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।

बुधबार बैङ्कले कार्यालयमा पुगेर कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको हो । बैङ्कका अध्यक्ष किशन मास्के, कार्यकारी अधिकृत तुलसीप्रसाद वस्ती र पूर्व सञ्चालक समिति सदस्य सरोज श्रेष्ठले सामग्री प्रदान गरे । इलाका प्रहरी कार्यालयमा कम्प्युटर तथा प्रिन्टर नभएको जानकारी पाएकाले सामग्री प्रदान गरेको बैङ्कका कार्यकारी अधिकृत वस्तीले बताए । उनले भने, ‘बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ । यसैअन्तर्गत धरानका सेवाग्राही लाभान्वित हुने भएकाले सहयोग गरिएको हो ।’ उनका अनुसार ८० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको छ । 

सामग्री ग्रहण गर्दै डिएसपी नवराज मल्लले बैङ्कले महŒवपूर्ण सहयोग गरेको बताए । उनले कम्प्युटर र प्रिन्टरको सहयोगले प्रहरीको कार्यसम्पादनमा सहयोग पुग्ने बताए । उनले धरानका जनप्रतिनिधिबाट शान्तिसुरक्षाका क्षेत्रमा काम गर्न अपेक्षाकृत सहयोग नपाएको पनि गुनासो गरे ।