नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
दरका हिसाबले स्टर्लिङ पाउन्ड, स्वीस फ्रेन्स, युरोपियन युरो, अमेरिकी डलरको खर्द दर उच्च देखिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८७ पैसा र बिक्री दर १६९ रुपैयाँ ६३ पैसा रहेको छ। स्वीस फ्रेन्स एकको खरिद दर १५३ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर १५४ रुपैयाँ १२ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ४९ पैसा र बिक्री दर १४५ रुपैयाँ १४ पैसा रहेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Binimaya dar