धरान । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस–२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउने साझेदारी भएको छ ।

साझेदारी अन्तर्गत एस–२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५ सयजना ग्राहकले आफ्नो इच्छाअनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउनेछन् । सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस–२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ । अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७ सय एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउनेछन् ।

एनसेलका प्रमुख कमर्सियल अफिसर उमेर मोहसिनले भने, ‘ग्यालेक्सी एस–२४ सिरिज सबैभन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौँ ।’ सामसङको ग्यालेक्सी एस–२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा एआई लाइभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्टजस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन(डिभाइस सुविधाहरू प्रदान गर्दछ ।

एस–२४ सिरिजमा ग्यालेक्सी एस–२४ अल्ट्रा, ग्यालेक्सी एस–२४ प्लस र ग्यालेक्सी एस–२४ बेस रहेका छन् । माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याब्लेटलगायतका आकर्षक उपहारसमेत पाउने सामसङ नेपालले जनाएको छ ।