धरान । धरान १२ स्थित एम्स एकेडेमीको सप्ताहव्यापी खेेलकुुद कार्यक्रमको समापनको अवसरमा सोमबार मैत्रीपूर्ण फुुटसलको आयोजना गरिएको छ । 

खेेलमा नेपाल पत्रकार महासंघ सुनसरीले आयोजकलाई १४-१२ गोलअन्तरले हराएको छ । मितेरी फुुटसलमा आयोजित खेेलमा विजेता टिमलाई मायाको चिनो प्रदान गरिएको छ । 

एम्सका संयोजक दुर्गा सुबेदीले मैत्रीपूर्ण खेेलले भााइचाारा कायम गर्न भुूमिका खेेलेको बताए । यसैबीच एम्सको खेेलकुुदको समापन गरिएको छ । 

माघ ४ गतेदेखि सुरु भएको खेेल सोमबार समापन गरिएको छ ।