'फिटनेस फ्रेण्ड्ली सिटी' धरानमा उद्यमी महिला मेनुका राईले 'द भिगोर फिटनेस' नामक सेन्टर सन्चालनमा ल्याएकी छन् ।
एक दशक अघिदेखि 'फिटनेस ट्रेनर' का रुपमा काम गर्दै आएकी मेनुकाले व्यस्त सहर धरानमा चुनौती लिएरै ७० लाख रुपैयाँको लागतमा 'सेन्टर' सन्चालन गरेको बताइन् ।

धरान १० कुलुङ खिममा रहेको फिटनेस सेन्टरको शुक्रबार धरान नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले रिबन काटेर  समुद्घाटन गरे ।

उनले महिलाहरू उद्यमको क्षेत्रमा अगाडि आउनुपर्ने बताउँदै मेनुकाको हिम्मतको प्रशंसा गरे । व्यवसायिक महिलाहरुको सकृयताले धरानलाई चिनाउनु पर्ने साम्पाङले धारणा राखे । व्यवसायिक रुपमा धरानमा फिटनेस सेन्टर बढ्दै गएकाले प्रतिस्पर्धाको भीडमा व्यवसायिक सफलताको शुभकामनासमेत दिए । उनले मानव जीवनको सबैभन्दा ठूलो धन स्वास्थ्य भएकाले हरेक दिन स्वस्थ रहन नियमित शरीरलाई कसरतको आवश्यक पर्ने बताए ।

महिला र युवा वर्गको फिटनेसप्रतिको सजगता र चाहनालाई बुझेर फिटनेस सेन्टर सन्चालनमा ल्याएको संचालक मेनुकाले बताइन् । उनले हाल एडमिसन अफर रहेकाले सम्पर्क गर्न आग्रह गरिन। एरोबिक, कार्डियोलोजीका ५ मेसिनसहित जिमका २० मेसिन 'द भिगोर फिट्नेस' मा उपलब्ध छन् । माग अनुसार मेसिन थप गर्दै जाने मेनुकाको भनाइ छ ।