धरान । बुढासुब्बा गोल्डकपको तयारी थाालिएको छ । 

आउँदो फागुन २६ गतेबाट चेैत ३ गतेसम्म हुन लागेको गोल्डकपको तयारी स्वरूप आज आयोजक धरान फुुटबल क्लब र नेपाल पत्रकार महासंघबीच मैत्रीपूर्ण फुुटसल प्रतियोगिता भएको छ । धरान १५ स्थित बिगफुट फुुटसलमा आयोजित खेेलमा पत्रकार टोलीले आयोजक टिमलाई १५-११ गोल अन्तरले हराएको छ ।

क्लबका अध्यक्ष किशोर राईले प्रतियोगितालाई प्रवर्द्धन गर्नका लागि खेल गरिएको बताए । एन्फाको तालिकाअनुसार नै प्रतियोगिता गराउन लागिएको उनले जानकारी दिए ।

बुढासुब्बा धरानको शान मात्र नभई गोल्डकपलाई प्राण भर्ने काम गर्दै आएको छ । २०५५ सालबाट निरन्तर हुँदै आइरहेको छ ।