विषय प्रवेशः
गत स्थानीय तह निर्वाचनदेखि नै धरान उपमहानगरपालिका चर्चा–परिचर्चाको केन्द्रमा रहेको छ । स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले चुनाव जितेयता यो वा त्यो रूपमा धरानको चर्चा भई नै रहेको छ । उनले चुनाव जितेपछि आरम्भ गरिएको सरसफाइ र नजिकै विभिन्न खोला(खोल्सीहरूमा खानेपानी सङ्कलनको लागि गरिएको श्रम अभियान सबैले सिक्नु पर्ने उदाहरणीय र सराहनीय कार्य हो । यो हामी सबैको लागि गर्वको विषय हो ।

यस्ता प्रशंसनीय कामका अतिरिक्त नगर प्रमुखले अरू कतिपय सवालहरूमा अपरिपक्वता र अज्ञानता पनि देखाइरहेको आभास हुन्छ । वस्तुतः नगर प्रमुख भनेको स्थानीय सत्ताको सबै आयामहरूको समग्र नेतृत्व हो । तब प्रमुखले सबै पक्षहरूलाई समानुपातिकरूपमा समेटेर लानु पर्दछ । अर्थात् नगर प्रमुख भनेको श्रम, खानेपानी र लागूपदार्थ दुव्र्यसनीविरुद्धको अभियन्ता मात्र होइन । आजको मानव समाजमा गरिने सर्वाङ्गीण गतिविधिहरूको केन्द्रीकृत नेतृत्व नै नगर प्रमुख हो । यसकारण प्रमुखले सबै आयामहरूमा समान ढङ्गले जोड र ध्यान दिनै पर्दछ ।

यसैबीच गत आइतबार कार्यपालिका बैठक बोलाइएको थियो । तर, यो बैठक निर्धारित समयमा सुचारु हुन सकेन । उपमेयर अइन्द्रविक्रम बेघाले नगर प्रमुखले आफूमाथि आरोप लगाउँदै पोष्ट गरेको फेसबुक स्टाटसकोे विषयलाई लिएर प्रश्न उठाए । यसरी आफूमाथि लगाइएको निराधार आरोपको पुष्टि गर्नुपर्ने भन्दै उपमेयरले बैठकमा माग राखे । यसपछि मेयरले बैठक दुई बजेसम्मको लागि स्थगित गरे । दुई बजेको कार्यपालिका बैठकमा पनि उपमेयर बेघाले सोही माग दोहो¥याए । आरोपबारे स्पष्ट जवाफ आएपछि मात्रै बैठक सुचारु गर्न आग्रह गरिरहे । तर, प्रमुख साम्पाङले भोलि–पर्सि पुष्टि गराँैला भन्दै जबरजस्ती बैठक अघि बढाए । त्यसपछि स्थिति तनावपूर्ण बन्यो । नगरको दुई मुख्य नेतृत्वहरूबीचको प्राविधिक झगडा सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । यसले धरान नगर र हामी धरानेहरूलाई गिज्याइरहेको छ । यस्तो घटना घट्नुमा को को जिम्मेवार, कसको भूमिका के रह्यो र कस्तो भूमिका हुनुपर्दथ्यो भन्ने सन्दर्भमा यहाँ विश्लेषण गरिएको छ ।

नगर प्रमुखः
नेतृत्वको आधारमा विश्लेषण गर्ने हो भने धरान नगरमा सिर्जना भएको समस्याको समाधान नगर प्रमुखले नै गर्नुपर्ने हुन्छ । यसमा दुई मत छैन । यसकारण नगर प्रमुख असाध्यै बढी सचेत, संवेदनशील र गम्भिर हुनुपर्दछ । सहनशीलता र धैर्यतामा बढी त्याग पनि नेतृत्वले नै गर्नुपर्ने हुन्छ । तब मात्रै समस्याको वस्तुवादी समाधान गर्न सकिन्छ । अन्यथा यस्ता विवादहरू अराजकताको पराकाष्ठामा पुग्दछन्, जुन समाधान गर्नै नसकिने जटिल मोडमा पुग्ने खतरा रहन्छ ।

वास्तवमा नगर प्रमुख पनि मान्छे हो । गर्दै भन्दै जाँदा कतिपय ठाउँमा गल्ती कमी कमजोरीहरू हुन्छन् । सबै ठाउँमा निरपेक्षरूपमा सही र गलतको अधिभूतवादी दृष्टिकोण राख्नु हुँदैन । कतिपय सवालहरूमा अनुभव र ज्ञानको सीमा हुन सक्छ । कतिपय सवालहरूमा भौतिक, मानसिक र सांस्कृतिक अप्ठ्याराहरूले घर गरिरहेको हुन्छ । कतिपय सन्दर्भहरूमा स्रोत–साधनहरूको सीमा र अभावले असर गरिरहेको हुन्छ । यस्तो प्रतिकूल धरातलमा नगर प्रमुखलाई मात्र निरपेक्ष आलोचना गर्दै दोषी करार गर्नु गलत हुन्छ । यस्तो बेला सिर्जनशील, उत्पानदनशील र रूपान्तरणमुखी सुझाव र सल्लाहहरू दिनु पर्दछ । तब मात्रै उक्त व्यक्ति, वस्तु वा सत्ता रूपान्तरित भएर तपाईं हामीले चाहेको गुणात्मक परिणाम दिन सक्ने ठाउँमा आइपुग्दछ । यस अर्थमा सिर्जनशील सुझाव र सल्लाह दिनु मात्रै पनि समस्या समाधानको थालनी हुनु हो ।

यद्यपि नगर प्रमुखले पनि कतिपय सवाल वा कतिपय स्वभावजन्य चरित्रहरूलाई भने सच्याउन जरुरी देखिन्छ । प्रमुख भनेको स्थानीय सत्ताको सर्वोच्च व्यक्ति हो । नगरका उपमेयर, सबै कार्यपालिका सदस्य, सभासद् र सम्पूर्ण नगरवासी जनता वा मतदाताहरूसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्नसके नगर प्रमुखको राजनैतिक परिपक्वता र सुझबुझ सराहनीय हुन्छ । यसले सर्वसाधारण मतदाताको होइन, स्वयम् नगर प्रमुखकै राजनैतिक करियर बन्दछ । यसको लागि अरूको कुरा पनि धैर्य र सहनशील भएर सुन्ने, बुभ्mने र सम्मान गर्ने गर्नु पर्दछ । शीघ्र प्रतिक्रिया र भावावेशमा आएर बहकिने र बरालिने चरित्रले मात्र समस्याको समाधान हुँदैन । यसले अनावश्यक तरङ्ग मात्र सिर्जना गर्दछ ।

हाम्रो नगर प्रमुखमा म मात्रै जान्ने, म मात्रै सिपालु र म मात्रै सबै ज्ञान भएको भन्ने अहम् देखिन्छ । निरपेक्षरूपमा दम्भ र घमण्डले नेतृत्व गरिरहेको छ । तुलनात्मकरूपमा प्रखुख साम्पाङमा धेरै गुणहरू औसतभन्दा राम्रा छन् । यसमा कुनै शङ्का छैन । तर, यसो भनेर सार्वजनिकरूपमै म यस्तो छु, उस्तो छु भनेर भन्नु चाहिँ आफूले आपैmलाई कमजोर बनाउनु हो । आफूले आपैmलाई बेइज्जत गर्नु पनि हो । म स्वतन्त्रबाट जितेर आएको हुँ । यसकारण कसैलाई सम्मान गर्न जरुरी छैन भन्ने मानसिकता आपैmमा नकारात्मक मनोविज्ञानको अभिव्यक्ति हो । अरूलाई झोले र सोलेको बिल्ला भिराइहिँड्नु पनि राजनैतिक सुझबुझ र महानताभित्र पर्दैन । यस्तो सस्तो बोलीले आफ्नै कद घटाइरहेको हुन्छ अनि प्रतिष्ठामा आँच पु¥याइरहेको हुन्छ । राजनैतिक दललगायतका विपक्षीहरूसँग पनि विचार, राजनीति र एजेण्डा वा मुद्दाको आधारमा घनीभूत छलफल, बहस गर्न जरुरी हुन्छ । दलीय आग्रह–पूर्वाग्रहकै भरमा सस्तो आलोचना र प्रतिक्रियाहरू व्यक्त गर्नु हुँदैन । किनकि हर्क साम्पाङ अब हिजोको साधारण नागरिक मात्र होइन । अब उनी माग पत्र लिएर डेलिगेसन जाने विद्रोहीको भूमिकामा छैनन् । उनी मागलाई सम्बोधन गर्ने ठाउँमा पुगिसकेका छन् । यसकारण नगर प्रमुखमा राजनैतिक सुझबुझ, गाम्भीर्यता, परिपक्वता, धैर्यता, इमान्दारिता र सहनशीलता जरुरी देखिन्छ ।

नगर उपप्रमुखः
उपप्रमुख अइन्द्रविक्रम बेघा भनेको धरान नगरको उपनेता मात्रै हो । उपनेतासँग सबैको आशा, अपेक्षा र भरोसा केन्द्रीकृत भएको हुँदैन । जिम्मेवारी, शक्ति र प्रभावको दृष्टिमा पनि उपप्रमुख उपनेता नै हो । यसमा हर्क साम्पाङको ‘तपाईं उपनेता हो’ भन्ने प्रतिक्रिया वा सवाल–जवाफ शतप्रतिशत सही छ । तर, ठूलोले सानोलाई पेल्नै पर्छ भन्ने सोच सामन्तवादी सोच हो । सानाले सहनु पर्छ अनि हेपिनु पर्छ भन्ने चिन्तनमा गम्भीर खोट रहेको राजनैतिक इतिहासले पुष्टि गरिसकेको विषय हो ।

उपप्रमुखको आजसम्म नगर प्रमुखसँगको समग्र उठबसहरूलाई नियाल्दा तुलनात्मकरूपमा बेघाको भूमिका सन्तुलित देखिन्छ । उनले मेयरलाई पनि साथ दिनुपर्छ भन्ने बटमलाइन लिएको घटनाक्रमहरूले पुष्टि गर्दछ । बाहिर अनैपचारिक भेटघाटहरूमा पनि उपमेयरको यही मान्यता थियो । कतिपयले तपाईको भूमिका पुगेन । अलि आक्रामक हुनुप¥यो भन्दा पनि उपमेयरले भने मिलेर र मिलाएर जानुको विकल्प छैन भन्ने गर्दथे । आफ्नो र गठबन्धन दलहरूबाट पनि उपमेयरको भूमिका पुगेन भनेर गुनासो नआएको होइन । उपमेयरमाथि दलीय अडान लिन नसकेको गुनासो नआएको होइन । नगर प्रमुख साम्पाङको पछिपछि लागेको अनि दृढतापूर्वक आप्mनो राजनीतिलाई बचाउन नसकेको आरोप त छँदैछ । यता अस्ति आइतबारको कार्यपालिका बैठकमा भने उपमेयर पनि निकै आक्रामक भएर प्रस्तुत भए । यो घटनाले उपमेयरको हाँसिरहने र सन्तुलित स्वभावलाई चुनौती दिएको छ । बैठकमा उपमेयरले आफूमाथि लगाइएको निराधार आरोपबारे स्पष्ट हुन चाहेको देखिन्छ । १८ महिनासम्म मेयरको काँधमा काँध थाप्दा पनि सकारात्मकरूपमा ग्रहण नगरेकोमा उपमेयरको गम्भीर आपत्ति छ । तर, उपमेयरले पनि केही कमजोरी गरेको देखिन्छ । एउटा मेयरसँग वान टु वान बसेर यो विषय टुङ्ग्याएको भए राम्रो हुन्थ्यो । लाइभ बैठकमा त्यति शोभनीय देखिएन । अर्कोतिर बैठक चलिरहँदा ‘आरोप पुष्टि गरिदिनुप¥यो’ भनेर एकोहोरोरूपमा भनिरहनु हुन्थेन । यसले केटाकेटीजन्य जिद्दीपनाको झल्को गरायो । उता मेयरले महसुस नै नगरी बैठक अघि बढाइरहँदा उपमेयरले एकोहोरो पुष्टि गर्नुप¥यो भनेको सुन्दा र देख्दा आलोकाँचोपना बढी देखिन्छ । नगर नेतृत्वहरूबाट यस्तो केटौले वा बालहठपन देखाउनु शोभनीय हँुदैन । यो घटना हामी धरानवासी मतदाताहरूको लागि लज्जाको विषय हो ।

गलत मिडियाबाजीः
पछिल्लो समय मिडियाकर्मीहरूले सत्य–तथ्य घटनालाई भाँचकुँच, लटर–पटर गर्ने र अपव्याख्या गर्ने क्रम बढिरहेको छ । सूचनालाई गलत व्याख्या गर्ने प्रचलन मौलाइरहेको छ । यसले घटनाको सत्य–तथ्य बाहिर ल्याउन दिँदैन । तब घटनाबारे वस्तुवादी अनुसन्धान हुँदैन । त्यो भनेको तथ्यमा नपुग्नु हो । तथ्यमा नपुग्नु भनेको यस्ता घटनाहरूबाट शिक्षा लिन नपाउनु हो, जसले आगामी दिनमा पुनः यस्तै घटना दोहोरिरहनेछ । यसरी घटेको घटनालाई आप्mनै अनुकूलता र स्वार्थमा बटार्नु भनेको गम्भीर अपराध गरेतुल्य हो ।

हिजोआज यही मेयर उपमेयर विवादको प्रसङ्गलाई वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईसँग जोडेर हावादारी सूचना प्रवाह गरिरहेका छन् । यस्तो सूचना बनाएर समाजमा गलत सन्देश दिनुभन्दा अरू कुनै सृजनशील कामहरू गरेको भए कति उत्पादनमूलक र उपब्धिमूलक हुन्थ्यो । बनाउनलाई पनि समय लाग्यो होला झनै हेर्नेहरूको अमूल्य समय हिसाब गर्ने हो भने घाटा भयावह छ । दिनदहाडै खुल्लम खुल्लारूपमा यस्तो बनावटी कार्य गर्नु भनेको गम्भीर अपराध गरे बराबर हुन्छ । वडाध्यक्षको पनि मेयरसँग विवाद थियो होला । उपमेयर र वडाध्यक्ष एउटै पार्टीका भए होलान् । संयोगवश यस्तो विवाद हुँदा मानौं मनमनमा खुसी पनि भए होलान् । तर, मनभित्रको कुरालाई सत्य बोली र व्यवहारको भाष्यमा रूपान्तरण गर्नु मिल्दैन ।  यसकारण यस्तो गलत मिडियाबाजीको घोर भत्र्सना गर्न जरुरी छ । अन्यथा आफ्नो व्यापारिक तथा व्यावसायिक स्वार्थमा सत्य वस्तु र घटनाहरू यसरी भाँचकुँच गर्दै जाँदा हाम्रो समाजको आकार र प्रकार नै नरहने खतरा देखिन्छ ।

निष्कर्षः
त्यसैले धरानको विवादलाई केटाकेटीहरूको भाँडाकुटी खेलजस्तो मात्र नठानौं । वर्वाद भयो भनेर एउटा एकातिर र अर्को अर्कोतिर पनि नलागौं । खुच्चिङ पनि नभनौं अनि निराश पनि नबनौं । बरू गम्भीर बहस, विश्लेषण र संश्लेषण गर्दै सृजनशील सुझाव र सल्लाह दिने गरौं । सहीलाई सही र गलतलाई गलत भन्ने न्यूनतम् आलोचनात्मक चेत विकास गरौं । निरपेक्ष विरोध र निरपेक्ष समर्थन नगरौं । वस्तुवादी समीक्षा र अनुसन्धान गर्ने गरौं । आग्रह–पूर्वाग्रह र पक्ष–विपक्षको गन्ध मिसिएको शीघ्र प्रतिक्रिया र तरङ्गित अभिव्यक्तिमा रमाउने नगरौं । यसले तत्काललाई स्वाद र सफलता मिले पनि अन्ततः नकारात्मक परिणाम दिने निश्चित छ ।

नगर प्रमुख भनेको समग्र नगरको नेता हो । त्यसो भएकोले नेताले जथाभावी बोल्ने र लेख्ने नगर्दा राम्रो हुन्छ । अहिलेको संवेदनशील समाजमा नेताले फुकी फुकी पाइला चाल्नु पर्ने हुन्छ । विरोध गर्दा पनि शीघ्र प्रतिक्रिया र पाँडे गाली होइन सभ्य, शिष्ट र विवेकशील राजनैतिक भाषा प्रयोग गर्नुपर्दछ । राजनैतिक स्तर, सुझबुझ र परिपक्वता जाँच्ने यस्तै बेला हो । उपप्रमुखले पनि राजनैतिक भाषामा कुरा राख्ने अनि पर्ख र हेरको नीति लिएको भए हुन्थ्यो । एकोहोरो ‘पुष्टि गर्नुप¥यो’ भनिरहँदा बालहठ र जिद्दीपना झल्किन्थ्यो । अर्थात् नगर प्रमुख र उपप्रमुखको विवादमा राजनैतिक दम, ओज र गरिमा देखिँदैनथ्यो । यो धरान र धराने मतदाताहरूको लागि लज्जाको विषय हो । यता मिडियाकर्मीहरूले पनि जे सत्य घटना घटेको हो, त्यही मात्र सम्प्रेषण गर्ने गरौं । यसरी सन्दर्भमा आउँदै नआएका पात्रहरूको काल्पनिक पटकथाको व्यूह रचना गरेर उपभोगवादी दर्शक वा मतदाताहरूलाई दिग्भ्रमित नपारौं । चुनाव जित्नु र दर्शक बढाउनु मात्रै सबैथोक होइन । बरू सत्य–तथ्य र इमान्दारिता जोगाउनु सबैभन्दा अमूल्य सम्पत्ति हो । भावोत्तेजनामा तरङ्गित भएर विरोध र समर्थन नगरौं । सबै सरोकारवालाहरू जिम्मेवार भएर प्रस्तुत हुने गरौं । यसैमा हामी सबै धराने मतदाताहरूको प्रगति र हित अन्तरनिहित छ । सबैलाई चेतना भया !