वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लैजान लागेको दश जना महिलाहरुलाई उद्धार गरिएको छ ।

साना हातहरु नामक संस्था र प्रहरीले विराटनगरको सीमा क्षेत्र र जोगवनीबाट दश जना महिलाहरुलाई उद्धार गरेको हो। उद्धार गरिएको महिलाहरु सिन्धुपालचोक, जाजरकोट र मोरङका रहेको साना हात संस्थाका शाखा प्रमुख बिवस श्रेष्ठले जानकारी दिएका छन् ।

 उद्धार गरिएका महिलाहरु मध्ये दुई जना अविवाहित किशोरी रहेका छन्। उनिहरुलाई विराटनगर वडा नम्बर – ४ घर भएका राजु रिजालले नेपालबाट उडाउन नसकिने भएकोले अवैध बाटोबाट वैदेशिक रोजगारमा पठाउन खोजेका थिए ।

उनीहरुलाई केही दिन काठमाण्डौमा समेत राखेको  काठमाण्डौबाट वैदेशिक राजेगारमा पठाउन नसिकने भन्दै ती दलालले भारत हुँदै विदेश पठाउने योजना बनाएको उनीहरुले बताएका छन् । दुवई, कुवेत, ओमनमा घरेलु कामदारको रूपमा मासिक ३५ हजार देखि ४० हजार रुपैयाँ सम्म कमाई हुने भन्दै लैजान लागेको बताएका छन्।

जोगवनीमा खाध् सामाग्री खरिद गर्न गएको भन्ने बहाना बनाएर भारत कटाउन खोजेको साना हात नामक संस्थाले बताएको छ। उनीहरु मध्ये दुई जनालाई नेटर्वकिङमा लैजान खोजेका थिए । उद्धार गरिएका महिलाहरुलाई प्रहरीको रोहबरमा आफन्तममा जिम्मा लगाउने तयारि गरिएको छ । वैदेशिक रोजगारमा पठाउने एजेन्ट दुलाल भने फरार रहेका छन।