लिम्बू संस्कृतिमा आधारित नेपाली चलचित्र युुकपुङको धरानमा विशेष प्रदर्शन गरिएको छ ।

आईतबार धरानको फ्रेन्ड्स सिनेमा हलमा युकपुङका तीन वटा शो प्रदर्शन गरीएको थियो ।  दिनेस माङ्मुको निर्देशन नोगेन अर्गानिक इन्टरटेण्ट्मेण्टको प्रस्तुति रहेको फिल्ममा कविता आले, यासेलि योङ्हाङ , कुसल थलङ , कमला सेन्दाङ , मदन वनेम , डिबी लिम्बु  लगायतका कलाकारले अभिनय गरेका छन् ।

लिम्बु संंस्कारमा लिम्बु भाषा बोलीरहने –एक पात्रको ) पालमबाट 

अभिव्यक्त गरिएको प्रेमलाई भाषा नबुज्दा आई पर्ने समस्यालाई गाउँ बस्तीको कथाको रुपमा प्रस्तुत गरिएको विषयलाई फिल्ममा उतार्न खोजिएको छ । युक्पुङ धेरै दर्शकले मन पराइदिएको र बिहानको हो बाहेक २ पटा शो हाउसफुल भएको गायक कञ्चन थलङग्ले जानकारी दिए ।

लिम्बू भाषामा युक्पुङको अर्थ वस्ति हुन्छ ।