धरान । मारुती कारमा भन्सार छली गरी अवैधरूपमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले मोरङको रतुवामाई नगरपालिका–४ झुर्कियाबाट सवा पाँच लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रदेश १–०१–००१ च ८६८७ नम्बरको मारुती कारबाट चेकजाँचको क्रममा खाद्यान्न र सुर्तीजन्य पदार्थ बरामद गरिएको हो । प्रहरीका अनुसार पाँच लाख २६ हजार तीन सय ८० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।

त्यस्तै चालक झापा दमक नगरपालिका–९ का ३८ वर्षीय सुरज थापा र सोही ठाउँका ५० वर्षीय कुमार राईलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ । भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।