विजयपुर । ७० औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

बुधबार नेपाल क्षयरोग निवारण संस्था सुनसरी र रोटरी क्लब अफ धरान घोपाको संयुक्त आयोजनामा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

धरान–२ स्थित शिक्षा निकेतन मा.वि.का कक्षा १२ का विद्यार्थीहरूलाई क्षयरोग नियन्त्रणका विषयमा जनेचतना जगाइएको छ । कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अच्युत न्यौपानेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उमेश गुरागाईं, कक्षा ११, १२ का संयोजक आशिष मास्के, नेपाल क्षयरोग निवारण संस्था सुनसरीका पदाधिकारीहरूको उपस्थिति रहेको नेपाल क्षयरोग निवारण सुनसरीका सभापति गौरवमान श्रेष्ठले जानकारी दिए ।