गरुड वर्ष (मुप्रि ल्हो)को अवसरमा तमु ट्हो ह्युल हङकङले भव्य रुपमा ल्होछार मनाउने भएको छ ।

आइतबार हङकङको हङ्ग्री आई रेष्टुरेन्टमा आयोजीत जानकारी सभामा आगामी डिसेम्बर ३१ मा ल्होछार कार्यक्रम आयोजना गर्ने जानकारी गराइएको छ । 

हङकङको टाई टुङ डाँडामा विभिन्न कार्यक्रम आयोजना गरेर ल्होछार मनाउने आयोजकले जनाएको छ । कार्यक्रममा संखुवासभा तमु समाज लगायतका समूहहरुले पनि पूर्वी नेपालमा गुरुङहरुले मनाउने संस्कृति बारे जानकारी दिने छन् ।

सो अवसरमा छेलो हान्ने, डोरी तान्ने, घैँटो फोर्ने र भेषभुषा सम्बन्धि प्रतियोगीता आयोजना गरिने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा विभिन्न प्रतिभाहरुले आफ्नो कला प्रस्तुत गर्ने छन् भने शैक्षिक पुरस्कार र सम्मानको कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएको छ । 

फोटो : जगत अम्बु गुरुङ 

hk2