धरान । नेपाली बब मार्लेका नामले दर्शक श्रोतासामु चिनिएका पुराना गायक गङ्गा वरदानको चर्चित गीत ‘छपनीले छान छान’ युगल भर्सनमा सार्वजनिक भएको छ ।

गायक वरदान र दोहोरी गीतबाट सङ्गीतमा लागेका गायक दिव्यासन घिमिरेको युगल भर्सनमा गीत सार्वजनिक गरिएको हो ।

सिल्भर इन्टरटेन्मेन्टको प्रस्तुति रहेको नयाँ भर्सनमा शब्द सङ्गीत वरदानको रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ । न्यू भावना रेकर्डिङ स्टुडियोमा रि–रेकर्ड गरिएको गीत मिक्सिङ र मास्टरिङ हेम सुब्बाको रहेको छ ।

भिडियोको सम्पादन र छायाङ्कन एडम लिम्बूले गरेका छन् । २०३१ सालमा धरानमा आयोजित पूर्वाञ्चलव्यापी लोकगीत प्रतियोगितामा ‘छपनीले छान छान डबकीले हान’ बोलको गीत गाएर गङ्गा वरदानले प्रथम स्थान हात पारेका थिए ।

भिडियो सिल्भर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । हेर्नुहोस् भिडियो ।