धरान । पप गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा दर्शकलाई माइक्रोफोन प्रहार गरी दुर्व्यवहार गरेका छन् ।

अष्ट्रेलियाको एडिलेडमा भएको कार्यक्रममा दर्शकलाई दुई पटक माइक्रोफोनको झटारो हानेका छन् । उनले झटारो हानेको भिडियो सामाजिक सञ्जालहरूमा भाइरल भएको छ । आइतबार बिहानैदेखि फेसबुक, युट्युब, टिकटकहरूमा भिडियो भाइरल भएको हो ।

गायक पोखरेल भिडियोमा मदिराले लठ्ठ भएको देखिएका छन् । स्टेजमा पुगेका सुगमले नेपालमा भूकम्पबाट ज्यान गुमाएकाहरूका लागि दुई पटकसम्म मौनधारण गर्न दर्शकहरूलाई आग्रह गर्दा उक्त आग्रहलाई नमानेपछि नै उनले दुर्व्यवहार गरेको देखिन्छ ।