छात्रावासको पाकशालामा खाना खाएका एक सय जनाभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएका छन् । मध्य प्रदेशको जबलपुर जिल्लास्थित एक आवासीय विद्यालयको छात्रवासको भान्सामा भोजन गर्दा ती विद्यार्थी बिरामी परेका हुन्  ।

जिल्लाको रामपुर छपर क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीले सोमबार राति खाना खाएपछि पेट दुखेको र वान्ता गर्न थालेका थिए । अधिकांश विद्यार्थीले तारन्तार वार्ता गर्न थालेपछि विद्यालयका कर्मचारी, स्थानीयवासी र प्रहरीले उनीहरूलाई अस्पताल दौडाएका एक जना सरकारी अधिकारीले एएनआई बताए । 

प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकृत डा. सञ्जय मिश्रका अनुसार सोमबार राति विद्यालयको छात्रावासमा गरेको भोजन विषाक्त भएकाले उनीहरू सबै बिरामी भएका हुन् । अहिले उनीहरू सबैको अवस्था स्थिर छ । चिकित्सकको निगरानीमा उनीहरूलाई २४ घण्टासम्म अस्पतालमा नै राखिने छ । सम्भवतः बुधबार बिहान सबैलाई  डिस्चार्ज गरिने डा मिश्रले बताएका छन् ।