धरान । किरात राई कर्मचारी मञ्च सुनसरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शनिबार किरात राई यायोक्खा यलम्बर स्मृति सङ्ग्रहालय धरान–१० मा भएको अधिवेशनले अध्यक्षमा पुनः अरुणकुमार राईलाई चयन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा निरबहादुर राई, सचिव नरेश राई, सह–सचिवमा प्रवीण राई र कोषाध्यक्षमा नवीन राई चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रमेश राई, लक्ष्मी राई, विमला राई, अभिशेष राई, कर्णबहादुर राई, खिपमाङ राई, कमला राई, यसना राई र राजेन्द्र राई चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि किरात राई कर्मचारी मञ्चका केन्द्रीय उपाध्यक्ष एवम् कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले प्रशासन, राजनीति र अर्थतन्त्रमा किरात राई समुदायको पहुँच बढाउनका लागि लोकसेवा तयारी कक्षामा सहभागिता बढाउनु पर्नेमा जोड दिए । उनले यायोक्खा सुनसरीको आयोजना र कर्मचारी मञ्चको संयोजनमा निःशुल्क तयारी कक्षा सञ्चालन भइरहेको जानकारी दिए । कार्यक्रममा मञ्चका सचिव नरेश राईले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष नवीन राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनमा मञ्चका केन्द्रीय सचिव योग्यप्रसाद राई, मञ्चका सल्लाहकारहरूमा डिल्लीशेर राई, भूवन राई र सत्यनारायण राई, मोरङ अध्यक्ष समिता राई, किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, मञ्चका धरान नगर अध्यक्ष मुगाधन राई, किराया सुम्निमा सङ्घका जिल्ला सह–सचिव एलना राई, किरावि केन्द्रीय सचिव हेमराज राई, किरावि सुनसरी जिल्ला अध्यक्ष अरुण राईलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी मञ्चको वराहक्षेत्र नगर कमिटी पनि गठन भएको छ । कमिटीको अध्यक्षमा मनकुमारी खालिङ राई, उपाध्यक्षमा मेनुकला राई, सचिवमा शर्मिला राई (क), सह–सचिव जानुका राई र कोषाध्यक्ष प्रकाश राई चयन भएका छन् । त्यस्तै सदस्यहरूमा शर्मिला राई (ख), मित्र राई, सुशिला राई र कौशिला राई चयन भएका छन् ।