आउँदै गरेको हरितालिका (तीज) को अवसरमा भद्रपुरमा तीज मिलन कार्यक्रम मनाइएको छ  । नेपाल निजामती कर्मचारी सङ्गठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले शुक्रबार अपरान्ह कार्यक्रम मनाएको हो ।

विभिन्न पेसामा रहेर काम गर्दै आइरहेका तथा अवकासप्राप्त कर्मचारी र तिनका परिवारहरूले सामूहिक रूपमा दर खाएर रमाइलो गरेका थिए । बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले नृत्य गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।  

नेपाल निजामती कर्मचारी सङ्गठन झापाकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सीता भण्डारीको अध्यक्षता तथा नगर प्रमुख प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख राजकुमार विश्वकर्मा, नेपाल निजामती कर्मचारी सङ्गठनका कोशी इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईं, साहित्यकार आरती पोखरेलले मन्तव्य राखेका थिए भने सीता गुरागार्इंले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।