सबैभन्दा बढी त म घर मुन्तिर बारीको डिलमा रहेको दारिमको रूख सम्झन्थेँ । म त्यसका हाँगा मात्र होइन, पातपात चहार्थें । म गुलेली लिएर दारिमको बोटमुनि बसुन्जेल ती चराचुरूङ्गीहरु पनि आउँदैनथे । जब म दारिमको बोट छोडेर यताउता लाग्थेँ । अनि ती किरिङमिरिङ गर्दै आएर दारिमको बोटमा बस्थे । कसैले सिकारी लुकेर बसेको छ भन्दिएजस्तो । 

सायद दारिमको बोटले भन्दिन्थ्यो होला, खुसुक्क तिनको कानमा ! म नजिक आउने बित्तिकै ती किरिङमिरिङ गर्दै उडेर जान्थे । रूख चढ्न सक्ने नहुँदा पनि त्यसको फेदमा बसेर हामी तल्लाघर–माथ्लाघरका दामले साथीसङ्गी भेला भएर कत्ति ढुङ्गामाटोसँग खेल्थ्यौँ । 

त्यसको शीतल छहारी जताजता जान्छ, उतैउतै ठाउँ सरीसरी खेल्थ्यौँ । दिन बितेको पत्तै पाउँदैनथ्यौँ । न भोक लागेको पत्तो हुन्थ्यो । न तिर्खा लागेको । कहिले त उज्यालो भएदेखि साँझ आँखा देखिउन्जेलसम्म पनि खेल्थ्यौँ । घरमा मलाई एक्लै छोडेर बुवाआमा काममा जानुहुन्थ्यो । बुवाआमाको ठूलो खेतीपाती थियो । 

आमा एकदम थकितथकित र चकितचकित मुद्रामा हुनुहन्थ्यो । मैले नबिसाई फेरि सोधेँ, कोशीको पानी नि त ? आमाले फेरि मेरो दोस्रो प्रश्नको पनि उत्तर दिनुभयो, कहाँ हो कहाँ सात समुद्रमा गएर मिसिन्छ नि नानी । परदेशमा पनि म जन्मे, हुर्केको बाल्यकालको सम्झनाले यसरी मलाई सताउँथे । म जन्मेको घर । आँगनको डिलको निलकाँटाको झाङ । घरमाथिको दाउराको खल्यो । जसको मुनि शीतलमा बसेर हामी बेहुली लुकाई खेल्थ्यौँ । घर अगाडिको ठूलो फँडिरको रूख । चिचिला लाग्दैदेखि हामी झुत्ती खेल्ने घरमाथिको भलको डिलको अम्बकको रूख । 

कहिले त राती मात्र फर्कनु हुन्थ्यो । पाहाडको दूरदराजको ठाउँ । घरदेखि तल तमोर नदी थियो । मैले एक दिन कुरैकुरामा आमालाई सोधेँ,यो नदीको पानी बगेर काँ जान्छ आमा ? आमाले यो पानी बग्दैबग्दै गएर कोशीमा मिसिन्छ नानी भन्नुभयो । 

आमा एकदम थकितथकित र चकितचकित मुद्रामा हुनुहन्थ्यो । मैले नबिसाई फेरि सोधेँ, कोशीको पानी नि त ? आमाले फेरि मेरो दोस्रो प्रश्नको पनि उत्तर दिनुभयो, कहाँ हो कहाँ सात समुद्रमा गएर मिसिन्छ नि नानी । परदेशमा पनि म जन्मे, हुर्केको बाल्यकालको सम्झनाले यसरी मलाई सताउँथे । म जन्मेको घर । आँगनको डिलको निलकाँटाको झाङ । घरमाथिको दाउराको खल्यो । जसको मुनि शीतलमा बसेर हामी बेहुली लुकाई खेल्थ्यौँ । घर अगाडिको ठूलो फँडिरको रूख । चिचिला लाग्दैदेखि हामी झुत्ती खेल्ने घरमाथिको भलको डिलको अम्बकको रूख । 

मैले क, ख...... चिनेको त्रिवेणी प्रा.वि. चुवाडे स्कुल । मेरा बाल्यकालका ती साथीहरु । जो हामी समूह बनाएर चट्टी खेल्थ्यौँ । कपर्दी खेल्थ्यौँ । गोठालोमा डण्डीबियो खेल्थ्यौँ । मच्चाको गोल बनाएर पनि खेल्थ्यौँ । टोपी लुकाई खेल्थ्यौँ । मैले १० कक्षासम्म पढेको इन्दे्रणी मा.वि. मौवा डाँडाको स्कुल । रातभरि स्वाँ गरेर बग्ने घर मुनिको लखुवा खोलो । घर तलको सिम्लेघारी, धरापे र ओडारे भीर जसका हामीले गोठालो जाँदा बुट्टाबुट्टा गनेका थियौँ ।

म इजरायल पुगेको ५ महिनापछिको कुरा हो यो । कम्पनीसँग त २ वर्षको सम्झौता थियो । पुगेको ५–६ महिनाको छोटो समयमा सबै कुराको के थाहा । अर्काको देशको नियम, कानूनका कुरा । १ वर्षअगि त्यहाँ पुगेका १ जना नेपाली साथीले भने, ‘भिषा सकियो भने पुलिससँग डराउँँँनु हुँदैन । भिषा सकिएपछि त झन् बरु उसको छेउछेउ जाने हो । 

विना भिसाको मानिस पुलिसले भेट्टायो भने काम खोजेर काममा पो लगाइदिन्छ त ! पछि भिषा पनि त्यहीँ लाग्छ । बालबाइतले लाँदै पछि म भिषा दिन्छु भनेर लगेको हुन्छ । यसरी पुलिसमार्फत् गएपछि आफूले पनि त्यहाँ गएर राम्रोसँग काम गर्ने हो । यति गरेपछि भिषा लाग्छ । 

हिब्रु भाषामा ‘बालबाइत’ भनेको साहु÷मालिक भन्ने हुन्छ । २–३ दिनको बीचमा कहिले त यहाँ आउनु पनि ठूलै भूल पो गरिएछ कि क्या हो जस्तो पनि लाग्थ्यो । घरमा बुवाआमाले जानु पर्दैन भन्दाभन्दै बलजफ्ती हिँडियो । कहिले त बुवाआमाको भनाइ पनि गला लागेजस्तो हुन्थ्यो । पछिपछि त बानी पर्दै गयो । बानी नपरून्जेल मात्र पो रहेछ । विस्तारै उतै रमाइलो लाग्न थाल्यो । त्यही ठाउँ हो । पहिले त्यहीँ पट्यारलाग्दा दिनहरु बिताइयो । पछि त उतैको रस भिज्यो । आजभोलि गर्दै समय बितेको पत्तै पो हुन छोड्यो ।

मेरो मनको प्रश्न एकछिनअगि देखेको पर क्षितिजको दृश्य झैँ मन भित्रभित्रै बिलायो । एउटा उत्सुकता मनभित्रै बिलाए पनि इजरायल पुगेपछि कामको व्यस्तताले सुस्ताएको मेरो साहित्यिक सिर्जनशीलता भने विस्तारै जाग्न थाल्यो । मेरो भित्री आँखाबाट भने त्यो सुन्दर प्राकृतिक छटा किमार्थ हराएन । बरु झन् चम्किलो बनेर आयो । 

एक दिनको कुरा हो । कुनै शुक्रबारको दिन थियो । म मागेनबाट तेलभीभ आउँदै गर्दा एक जना इजरायलीले परको क्षितिजमा डुब्नै लागेको घामको रातो डल्लोतिर देखाउँदै भन्यो, ‘उ त्यहाँ हेर त । मैले उसले सङ्केत गरेको परको दृश्यतिर हेरेँ । गेरू वस्त्रमा सजिएको थियो, क्षितिज । तलतिर समुद्र थियो ।

साँच्चै त्यहाँ प्रकृतिको अपार सौन्दर्य समुद्रको पानीमाथि छचल्किइरहेको थियो । लाग्यो, प्रकृतिको सौन्दर्य यस्तो बिछट्ट पनि हुँदो रहेछ । जो सधैँ हेरिरहौँ लाग्ने । सधैँ त्यसमै डुबिरहुँ लाग्ने । हेर्दाहेर्दै त्यो मनमोहक दृश्य नहराओस् भन्दाभन्दै हरायो, सबैका आँखाबाट । मैले बसभित्रका सबै यात्रुहरुलाई नियालेँ । 

बस आफ्नै रफ्तारमा हुइँकिइरहेको थियो । यात्रुहरु चुपचाप यात्रा गरिरहेका थिए । सायद सबैलाई मनमोहक बनाएको थियो, त्यो दृश्यले । तेलभीभ आइपुग्नै लागेको त्यो बस आकासे पुलमाथि हुइँकिइरहेको थियो । मैले सम्झेँ एक जना इजरायली कवि यहूदा कर्नीलाई जसको मह शीर्षकको अनुवाद कविता मैले केही समयअगि पढेको थिएँ ।

कतै त्यो मानिस उही कवि यहूदा कर्नी त होइन ? मनमा प्रश्नहरु खेल्न थाले । मैले ती मानिसलाई के तिमी कवि तथा साहित्यकार हो ? कि यहूदा कर्नी नै ? भनेर सोध्न नपाउँदै हामी चढेको बस इजरायलको केन्द्रीय बस स्टेशन तेलभीभमा आएर रोकिइसकेको थियो । तिनी मभन्दा अगि बसबाट ओर्लेर कसैसँग पनि नबोली लुसुक्क एकातिर लागे । 

मेरो मनको प्रश्न एकछिनअगि देखेको पर क्षितिजको दृश्य झैँ मन भित्रभित्रै बिलायो । एउटा उत्सुकता मनभित्रै बिलाए पनि इजरायल पुगेपछि कामको व्यस्तताले सुस्ताएको मेरो साहित्यिक सिर्जनशीलता भने विस्तारै जाग्न थाल्यो । मेरो भित्री आँखाबाट भने त्यो सुन्दर प्राकृतिक छटा किमार्थ हराएन । बरु झन् चम्किलो बनेर आयो । 

त्यसपछि मैले ती मानिसलाई इजरायल बसुन्जेल पनि कहीँ, कतै देखिनँ, भेटिनँ । यहूदा कर्नीको त १९४९ मै मृत्यु भइसकेको थियो । यो परिघटनाले मेरो साहित्यको निभ्न लागेको बत्तीमा तेल थपिदिने काम ग¥यो । केही वर्ष अगिदेखि सुस्ताएको मभित्रको साहित्य विस्तारै पुनः मौलाउन थाल्यो । सायद कवि यहूदा कर्नीको त्यो कविता गोविन्द गिरी प्रेरणाले अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेका थिए ।

नदीको किनार, चैत–वैशाखको घाम छाला डढाउने आगोको जस्तो राप आउँथ्यो । हामी नदी किनारको चिसो बालुवा माथि रोजी छाडी उफ्री खेल्थ्यौँ । यसरी खेल्दै जाने क्रममा एक दिन म कसोकसो भासमा परेँ । माथिको सतह चिसो र गिलो थियो । मुनिबाट हिलो चिम्टाइलो माटो रहेछ । उफ्रँदाउफ्रँदै  मेरा दुवै खुट्टा घुँडादेखि उँभो डुब्दै आए । 
पछिदेखि म तेलभीभ बस्न थालेँ । तेलभीभ बस्दा समुद्र नजिक पथ्र्यो । एउटा घरमा शुक्रबार ओटी थियो । ओटीमा जान्थेँ । हप्तामा एक दिन ३–४ घण्टा ओटी हुन्थ्यो । घरभित्रको काम थियो । ३–४ घण्टा काम गरेर सकिएपछि सधैँजसो म उतैबाट खुत्रुक्क समुद्रको किनारतर्फ ओर्लन्थेँ । हिँड्दै जाँदा २ मिनेटको बाटो थियो । त्यहाँ समुद्रको छेउदेखि बस्तीसम्म नै बाँध बाँधिएको थियो ।

किनारमा बगरको भाग धेरै थिएन । फराकिलो नभए पनि समुद्रको किनारबाट देखिने सबै खाले मनमोहकता त्यहाँबाट पनि मजाले देख्न सकिन्थ्यो, लिन सकिन्थ्यो । किनारको बालुवा बेलाबेला उठेर आउने पानीको छालले छोपेर चिसो थियो । किशोर, किशोरीहरु किनारमा बसेर उसरी नै आनन्द लिइरहेका थिए । 

साँघुरो किनार भएकोले धेरैबेरसम्म एकै ठाउँमा बस्न, खेल्न नसकिने । बेलाबेला उर्लेर आउने छालले छोप्नै खोज्दो रहेछ । मैले सम्झेँ सरले भूगोल पढाउँदा भन्नुभएको कुरा । पृथ्वीमा जमिनभन्दा पानीको भाग बढी छ । जमिनको भाग त ३ भागको १ भाग मात्र छ । २ भाग त पानी नै छ । खोल्सा, खहरे र नदीनाला मात्र देखेका यी आँखाले कहाँ होला, त्यत्रो पानीको भाग ?  भनेर कल्पनाकासमा उड्दाउड्दै कक्षामै उङ्दो रहेछु । पछाडिबाट सरले सिर्कुनाले कानमा फ्याट्ट हान्दा पो तर्सिएर उठ्दो रहेछु । मैले पहिलो पटक समुद्र देखेको पनि इजरायलमा नै हो ।

सानामा हामी दाइ, दिदीहरुसँग गोठालो जान्थ्यौँ । त्यहाँ वस्तुभाउलाई एकातिर छोडेर तमोर नदीको किनारको बालुवा र पानीसँग खेल्न पाइन्थ्यो । ठुल्ठूला दाइ, दिदीहरु हिउँदे भङ्गालाको दुई मान्छे पानीमा पौडी खेल्थे । हामी भुरा किनारको बालुवामा रमाउँथ्यौँ । 

नदीको किनार, चैत–वैशाखको घाम छाला डढाउने आगोको जस्तो राप आउँथ्यो । हामी नदी किनारको चिसो बालुवा माथि रोजी छाडी उफ्री खेल्थ्यौँ । यसरी खेल्दै जाने क्रममा एक दिन म कसोकसो भासमा परेँ । माथिको सतह चिसो र गिलो थियो । मुनिबाट हिलो चिम्टाइलो माटो रहेछ । उफ्रँदाउफ्रँदै  मेरा दुवै खुट्टा घुँडादेखि उँभो डुब्दै आए । 

केहीले पक्रिएजस्तो हिलो माटोले पक्रियो । मेरा दुवै खुट्टा एकछिनदेखि चट्पटाउन छोडे । कम्मरदेखि उँधो डुब्न लागिसक्यो भासमा । सानो मान्छे चट्पटाउनै नभएपछि केको बाहिर निस्कन सक्नु । कसै गर्दा पनि सकिनँ । अब बाहिर निस्कने त चान्स नै भएन । 

म भूपरिवेष्ठित देश नेपालको नागरिक त्यति प्यारो भइसकेको थियो, समुद्र मलाई । नेपालका खोला र नदीनालाबाट बहेर आएको पानीको अंश खोज्थेँ, म मनसँग एक्लै समुद्रको डिलमा बसेर । कतै न कतैबाट त बगिराखेको होला, हाम्रा नदीनालाबाट बगेर आएको पानी पनि । यी आाँखाले खुट्याउन सके यो मन कति गौरवान्वित हुन्थ्यो होला ! यति धेरै मान्छेको मन बहकाउने क्षमता राख्दो रहेछ समुद्रले । 

आत्तिएर रून, कराउन थालेपछि बल्ल दाइ, दीदीहरु आएर कसैले हातमा, कसैले कठालोमा समाएर बाहिर झिके । निकै मुस्किल परेको थियो । त्यसपछि त केको उफ्रनु साथीभाइको पनि सातोपुत्लो गयो । म भने दिनभरि सिमलीको शीतलमा बसेर बेलुका वस्तुसँगै निन्याउरो अनुहार लिएर घर आएथेँ । यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण हो ।

केही समयअगि सुनेथेँ, पौडी खेल्न समुद्रमा पस्दा एक जना नेपाली झण्डै डुबेर मरेको तेलभीभमा । धन्न एकजना इजरायलीले देखेर झिकिदिएको रे । पछि बुझ्दा त्यो व्यक्ति त म्यागेनमा काम गर्ने किरण रहेछन् । उनी इजरायल धेरै बसेनन् । त्यहीँबाट क्यानडातिर हानिए । 

समुद्र देखेको दोस्रो पल्टदेखि यसले मलाई पनि यसरी तान्न थाल्यो । समुद्रको किनारमा एक्लै गएर बसे पनि त्यहाँको आनन्द नै बेग्लै । त्यहाँ आउने चिसो फ्रेस हावा, जतिसुकै चर्को घाम र गर्मी भए पनि त्यसको त महसुस नै हुन नपाउने । जता हेरे पनि रमाइलै रमाइलो । आनन्दै आनन्द लाग्ने ! 

पश्चिमा मुलुकहरुको त यो ठूलो सम्पत्ति रहेछ । जसरी हामी पहिले हरियो वन नेपालको धन भन्थ्यौँ । यो त यिनीहरुको कहीँ, कतै, कहिल्यै खोट नलाग्ने अचल सम्पत्ति रहेछ । पछिसम्म पनि कहीँ, कतै काममा जाँदा समुद्र नजिक छ भने काम सकेर एकैछिन भए पनि म किनारतिर झरिहाल्थेँ । 

म भूपरिवेष्ठित देश नेपालको नागरिक त्यति प्यारो भइसकेको थियो, समुद्र मलाई । नेपालका खोला र नदीनालाबाट बहेर आएको पानीको अंश खोज्थेँ, म मनसँग एक्लै समुद्रको डिलमा बसेर । कतै न कतैबाट त बगिराखेको होला, हाम्रा नदीनालाबाट बगेर आएको पानी पनि । यी आाँखाले खुट्याउन सके यो मन कति गौरवान्वित हुन्थ्यो होला ! यति धेरै मान्छेको मन बहकाउने क्षमता राख्दो रहेछ समुद्रले । 

यस्ता असम्भव कुराको पनि कल्पना गर्न बाध्य बनाउने अपार शक्ति हुँदो रहेछ समुद्रसँग ! मानिसका मनभित्रका साराका सारा पीडालाई मेटाउन सक्ने क्षमता राख्दोरहेछ । किनभने मैले समुद्रको छेउमा बसेर कोही मानिस रोएको देखिनँ । दुःखी भएको पनि देखिनँ । 

बरु जस्तोसुकै दुःख र पीडा भए पनि तिनको अनुहारमा यसले उज्यालो छाउन सक्ने क्षमता राख्दोरहेछ । म एकछिन भए पनि समुद्रको किनारमा बसेर मनका सारा दुःख भुल्थेँ । मजस्ता धेरै मानिसहरु त्यहाँ आउँथे र आफ्ना सबै दुःखहरु भुल्थे । समुद्रसँग साक्षात्कार गर्थे र अनुहारमा कान्ति भरेर फर्कन्थे ।