भदौ २५ देखि धरानमा आयोजना हुने धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

आज शुक्रबार बिहान आयोजक  धरान मेघा कलेजको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा तयारीबारे जानकारी गराइएको हो ।

प्रतियोगितामा धरान आसपासका विद्यालयका १६  टिमले सहभागिता जनाउने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । प्रतियोगितामा १२ कक्षासम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता जनाउन पाउने छन् ।  प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीले सहभागिता जनाउनुपर्ने छ ।

Dharan megha basketball meet

प्रतियोगिताको विजेताले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएवल प्लेयरले  नगद २ हजार ५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका  उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीलेसमेत जनही नगद २ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनट थ्री पोइन्ट सट गर्नेछन् ।  फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा बढी  पोइन्ट  गर्ने  पोइन्ट च्याम्पियन घोषित हुनेछन् । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार २ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको आयोजना धरानका उदयमान बास्केटबल खेलाडी रहेको दिवंगत रेवाहाङ राईको स्मृतिमा सुरुवात गरिएको हो ।

Dharan megha basketball press

धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असामयिक निधनपछि उनको स्मृति र सम्मानमा अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल संघको सहकार्यमा गतवर्षदेखि अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गरेका हुन् । अक्षयकोष दुई लाख रुपैयाँको रहेको  धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए । 

Dharan megha basketball