रोपाइँ जात्राको अवसरमा आज धरानमा जात्रा निकालिएको छ । खड्गी सेवा समाजको आयोजनामा खड्गी युवा जमातले रोपाइँ जात्राका अवसरमा जात्रा निकालेका हुन् । जात्राले धरान नगर परिक्रमा गरेको छ ।

Dharan ropai jatra4

गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँजात्रा महत्वपूर्ण पर्व मध्य एक पर्छ । यस जात्रामा पुरुषहरु महिलाको भेष धारण गरी धान रोपेको अभिनय गर्ने गर्छन् ।

प्रौढदेखि साना केटाहरु महिलाहरुको नक्कल गरी धान रोप्ने, कोही गोरु हुने, कोही बाउसे हुने साथै कोेही खेतालाहरुलाई खाजा खुवाउन आउने जस्ता अभिनय गर्छन् ।

Dharan ropai jatra2

किसानको जीवनलाई जीवन्तरुपमा प्रस्तुत गर्ने जात्राका रूपमा यस रोपाइँ जात्रालाई लिने गरिएको छ ।

भाद्रकृष्ण द्वितीयाको दिन मनाइने रोपाइँजात्रामा एक वर्षभित्र मृत्यु भएका घरबाट लाठे रोपार निकाली मनाइने गरिएको छ । रोपाइँ जात्रा मनाए मृतकको आत्माले शान्ति पाउने विश्वास रहिआएको छ ।

Dharan ropai jatra1

प्रताप मल्लको पालादेखि नै गाईजात्राको भोलिपल्ट रोपाइँजात्रा मनाउन सुरु गरिएको मान्यता छ ।