धरान । कवि चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ हिन्दी भाषामा पनि प्रकाशित भएको छ ।

२०७९ जेठमा प्रकाशित कविता सङ्ग्रहमा ५० वटा कविता समावेश छन् । वैदेशिक रोजगारी अन्तर्गत बहराइनमा रहेका बेला लेखिएका उनका कविता सङ्ग्रहलाई नेपालमा इन्डिगो इन्क पब्लिकेसनले प्रकाशित गरेको थियो । यसको दोस्रो संस्करण बजारमा आइसकेको छ । हिन्दी भाषामा भने भारतको नयाँ दिल्लीस्थित सर्वभाषा प्रकाशनले नयाँ शीर्षकमा प्रकाशित गरेको हो ।

‘बूढे माँझी का देश’ नाम दिई कृति प्रकाशन गरिएको छ । पचासवटा कवितालाई आठवटा खण्डमा विभाजित गरिएको छ । अगष्टको पहिलो साता बजारमा ल्याइएको उक्त किताब भारतभरि बिक्रीका लागि अमेजनमा पनि राखिएको स्रष्टा गुरुङले जानकारी दिए । मुद्रणको सम्पूर्ण कार्य नयाँ दिल्लीस्थित आर.के. अफसेट प्रेसबाट भएको हो ।