कलाका निम्ति कलाकारको व्यक्तिगत सुरक्षा र सहुलियत महत्वपूर्ण पक्ष हो । कलाकारलाई राज्यले विशेषाधिकारको सुविधा उपलब्धता गराउन सक्नुपर्छ । कलाकर्म गर्न उनीहरुलाई ऋण दिने व्यावस्था ल्याईनु पर्छ । राज्यका विविध अंगहरुले चित्रहरु खरिद गर्ने प्रावधान बनाईनु पर्छ । 


हिजोको समयमा नेपालमा आधुनिक कला भन्नाले सर्वसाधारणले सहजै बुझ्न नसक्ने कला भन्ने थियो । तर, आज त्यस्तो छैन । अचेल यस्ता कलाको बुझाइ र माग बढ्दै गएको पाइन्छ । खासमा आजको नेपाली समाजमा आधुनिक कला नेपाली जनमानसको निम्ति नौलो कला नै हो, जसलाई बुझ्न र स्वतःस्फूर्त आत्मसात गर्न निकै कठिन पर्ने देखिन्छ ।

तथापि नेपाली चासो यसप्रति दिन प्रतिदिन बढिरहेको देखिएको छ । वास्तवमा यो कला बुझ्न यो कलाभित्रको ज्ञान, जानकारी वा अध्ययन अति आवश्यक पर्छ । कला इतिहासको संक्षिप्त मात्रै भए पनि जानकारी लिनसके केही हदसम्म अहिले चल्तीको आधुनिक कला मज्जाले बुझ्न सकिन्छ । त्यसो भए आधुनिक कला कसरी बुझ्ने त ? कला बुझ्ने मेसोलाई सर्वप्रथम विश्व कलाको परिवेशबाटै हेर्नुपर्ने हुन्छ । विगतका कला परिदृश्यहरु हेक्का राख्नुपर्ने हुन्छ । अनि मात्र कला बुझ्ने गाँठो फुकाउन सकिन्छ । 

विश्वमा आधुनिक कलाको सुरूवाती विन्दु कहाँबाट भयो ? त्यो यकिन यहीँबाट भयो भन्ने कुराको ठोकुवा प्रायः कुनै पनि विद्वानहरुले आजसम्म दिन सकेका छैनन् । तथापि पूर्णरुपको व्यवस्थित आधुनिक कला वा समसामयिक कलाको संस्थागत विकास चाहिँ सन् १८८० को उत्तरार्धमा सुरूवात भएको फोटोग्राफी प्रचलनपछि कलामा आएको परिवर्तनपश्चात् भएको हो । सन् १८६३ ताका फ्रान्समा चलेको नौलो कलामोडलाई यथास्थितिवादीहरुले अस्वीकार गरेपछि भएको ४ हजार अस्वीकृत कृतिको सफल प्रदर्शनीले कलामा देखिँदै आएको पुराना मान्यताहरुको क्रमभङ्ग गरेको इतिहास छ ।

यतिबेलैदेखि विश्वका परिर्वतनकामी कलाकार मोने, माने, डाली, भ्यानगग जस्ता धुरन्धर कलाकारहरु विश्वकला मञ्चमा उदाएका देखिन्छन् । प्रथम र दोस्रो विश्व युद्धले जन्माएको प्रभावपश्चात् भने कला विकासमा आमूल परिवर्तन छाएको देखिन्छ । हिंसा, रोग, भोक र पीडाको परिणतिले पनि कलालाई परिवर्तित हुन र क्रमभङ्ग हुन उक्साएको पाइन्छ । उन्नाइसौं शतकलाई समसामयिक कला विकासको ज्यादै उर्वर क्षण मान्ने गरिन्छ । यी त भए विश्व कला विकासको संक्षिप्त परिवेशको इतिहास । 

अहिलेको नेपाली कला धरातलबाट भन्दा नेपालमा हाम्रा कलाकारहरु विदेश जाने र विदेशीहरु हामीकहाँ आउने र सँगै बसेर सिर्जन गर्ने, वर्कसप गर्ने, अनुभव साटासाट गर्ने तथा कला गति र शैली आदान–प्रदान गर्ने प्रचलनको विकास हुँदै गएकोले पनि हामीमा आधुनिक कला चेतको विकास हुँदै गैरहेको छ र हामीसँग पनि समसायिक कला छ भन्न सकिएको अवस्था छ ।

विकसित विश्व कला परिवेशको इतिहास जस्तै नेपालमा पनि धार्मिक मान्यता र परिवेशबाट समसामयिक कलाले फड्को मारेको देखिन्छ । विशेषतः कलाकार राजमान चित्रकारको नेपाली कलामा भएको उपस्थिति र जङ्गबहादुर राणासँग कलाकार भाजुमानले वेलायत जाने मौका पाउनुलाई नेपाली आधुनिक कलाको उपजको कालखण्ड मान्न सकिन्छ  र २००७ पछिको राजनैतिक परिवर्तनपश्चात् नेपालमा आधुनिक कलाप्रति छाएको उचाइलाई बढोत्तरीको प्रस्थान बिन्दु भन्न सकिन्छ ।

वि.सं. २००७ सालपश्चात् विशेषतः भारतसँगको नजिकको सम्बन्धले नेपाली समसामयिक कला फलिभूत र उर्वर भएको हो । नेपाली कलाकारहरु छिमेकी राष्ट्रहरु भारत, बङ्गलादेश जाने र कला अध्ययन गरेर नेपाल फर्कनेक्रमसँगै नेपाली परम्परागत उर्वर कला पृष्ठभूमिमाथि समसामयिक कलाको मुना पलाउन थालेको हो ।

पछिल्लो चरणमा परिवर्तित खुला राजनैतिक, आर्थिक र समाजिक व्यवस्थाका कारण नेपाली कलाले सुस्त गतिमै भए पनि आधुनिक कला विकासको गोरेटोमा पाइला चालेको छ । आजको आधुनिक समयमा पाश्चात्य मूलका देशहरुमा हाम्रो घनिभूत सम्बन्ध बढ्दै गएको छ । त्यसैले पनि स्वभाविक रुपमा नेपाली कलामा पश्चिमा शैलीले प्रश्रय पाउन थालेको छ । अचेल विश्व नै एक सानो गाउँजस्तो भएको ग्लोबल समयमा हाम्रो संसर्ग अन्तर्राष्ट्रियजगत्सँग प्रचुर मात्रामा बढ्दै गएको छ । जसले गर्दा नेपालमा पनि समसामयिक कला झाँगिनु स्वभाविकै भएको छ । 

नेपालमा अचेल जस्तोसुकै कलाकार पनि आधुनिक कला सिर्जना गर्न हौसिएका पाइन्छन् । तथापि हाम्रो समसामयिक कला विदेशी कलासँग दाँज्न सकिने अवस्था भने अझै बनिसकेको छैन । तर, यसो भनिरहँदा अझै हामी वर्णमालामै छौँ भन्ने पनि होइन । तर, यसबीचमा हाम्रो समसामयिक कलाको मुहार भने बनिसकेको अवस्था छ भन्दा सही ठहर्छ होला ।

Tirth Niraula Article

अहिलेको नेपाली कला धरातलबाट भन्दा नेपालमा हाम्रा कलाकारहरु विदेश जाने र विदेशीहरु हामीकहाँ आउने र सँगै बसेर सिर्जन गर्ने, वर्कसप गर्ने, अनुभव साटासाट गर्ने तथा कला गति र शैली आदान–प्रदान गर्ने प्रचलनको विकास हुँदै गएकोले पनि हामीमा आधुनिक कला चेतको विकास हुँदै गैरहेको छ र हामीसँग पनि समसायिक कला छ भन्न सकिएको अवस्था छ । यद्यपि तुलनात्मक रुपमा हेर्ने हो भने हाम्रो गति कम नै देखिन्छ । यसो हुनुमा हाम्रा धेरै कमी कमजोरीहरु छन् ।

प्रशस्तै सरकारी तथा आन्तरिक कारणहरु छुपेका छन् । कलाविकासको सन्दर्भमा हामीमा धेरै समस्याहरु सतहमा टड्कारो रुपमा उजेलिएका  देखिन्छन् । नेपाली आधुनिक कलाक्षेत्रमा समस्याहरु धेरै छन् र समाधानका उपायहरु पनि नभएका भने होइनन्, जसलाई हृदयङ्गम गर्न जरूरी छ । नेपाली समसामयिक कलाको विकास तथा प्रवद्र्धनमा समस्यासँग जुझ्दै समाधानको पाटोमा पनि जान जरूरी भैसकेको छ ।

समस्या र समाधान

समसामयिक चित्रकलाका क्षेत्रमा हामी अहिले कहाँ छौँ भन्ने कुराको आँकलन र हेक्का हुन जरूरी छ । अन्तर्राष्ट्रिय कलाजगत्को आँखाबाट हेरिँदा के हाम्रो अहिलेको कला समसामयिकताको दर्जामा पर्छ त ? के हामीले तनमन सबै लगाएर गरेको कामले अन्तर्राष्ट्रिय कलाजगत्को छुन सकेको छ त ? 

प्रथमतः समसामयिक कलाको विकास र विस्तार गर्न जनचेतना र यसक्षेत्रमा जनजागृतिको आवश्यकता पर्दछ । जसलाई निदान गर्न जरूरी पर्दछ । यसका निम्ति कलाक्षेत्रको मूल्यमान्यता र पहुँचलाई नेपाली जनमानसमा पु¥याउन जरूरी छ । यसका निम्ति उपयुक्त माध्यम सञ्चार माध्यम र मिडियाहरुको प्रमुख भूमिका हुने गर्छ । यसै माध्यम र लेखकीय अभ्यासबाट हामी कला जानकारी हेतु कलालाई जनजनसम्म पु¥याउन सक्छौँ ।

कलाका निम्ति कलाकारको व्यक्तिगत सुरक्षा र सहुलियत महत्वपूर्ण पक्ष हो । कलाकारलाई राज्यले विशेषाधिकारको सुविधा उपलब्धता गराउन सक्नुपर्छ । कलाकर्म गर्न उनीहरुलाई ऋण दिने व्यवस्था ल्याइनु पर्छ । 

प्रायः कलाकारहरु व्यक्तिगत परिस्थितिसँग जुझेर भए पनि आफ्ना कलाकर्ममा निरन्तर लागिरहेका देखिन्छन् । ग्यालरीहरुको अभावका बावजुद पनि प्रदर्शनीहरु गरिरहेका भेटिन्छन् । तर, संस्थागत रुपबाट उनीहरुलाई सहयोग गरिएको कहीँ कतै पाइँदैन । अहिले कलाकारलाई सहयोगको आवश्यकता छ । अर्कोतर्फ हामीमा प्रशस्त ग्यालरीहरुको अभाव छ । प्रदर्शनीस्थलको खाँचो पनि छ । चित्रकलाको विकास एवम् प्रवर्धन गर्न प्रशस्त ग्यालरी र म्युजियम छैन । यी कला विकासका नैसर्गिक तत्व हुन् । 

कला विकासका लागि नभै नहुने अर्को तत्व भनेको कला बजारको खोजी हो । नेपालमा संस्थागत र रणनीतिक रुपमा कला बजारको खोजी गर्ने कार्य भएको देखिँदैन जुन कलाकार र कलाको लागि जीवन बाँच्ने र सदैव क्रियाशील भइरहन सकिने आधार हुन् । सीमित कला बजारको दायरा र ‘पुस सेल्स’ ले कला क्षेत्रको विकास वा विस्तार हुन्न । यहाँ कला वर्कसप, प्रदर्शनीहरु त भएका देखिन्छन् तर, केन्द्रलगायत प्रदेश र स्थानीय क्षेत्रमा गएर कला गोष्ठी, प्रवचन, सेमिनार, प्रदर्शनीहरु खासै भएका पाइँदैनन् । जुन कला क्षेत्रको चौतर्फी विकासका निम्ति नितान्त आवश्यक छ ।

कलाका निम्ति कलाकारको व्यक्तिगत सुरक्षा र सहुलियत महत्वपूर्ण पक्ष हो । कलाकारलाई राज्यले विशेषाधिकारको सुविधा उपलब्धता गराउन सक्नुपर्छ । कलाकर्म गर्न उनीहरुलाई ऋण दिने व्यवस्था ल्याइनु पर्छ । राज्यका विविध अङ्गहरुले चित्रहरु खरिद गर्ने प्रावधान बनाइनु पर्छ । हरेक कलाकारका हरेक कृतिहरु महत्वपूर्ण हुन्छन् भन्ने कुरा सर्वसाधारणलगायत राज्यले बुझ्न जरूरी छ ।

चित्रकलाको विकास र सम्बद्र्धनका लागि अनुसन्धान पुस्तक, सर्वेक्षणात्मक आलेख, पुस्तक वा कलासमीक्षा अर्थात् खोजीकला पनि एक अर्को पाटो हो जुन आजको लागि र इतिहासको लागि आवश्यकीय खुराक हो । गहन दस्तावेजको उत्पत्ति नभई सम्बद्र्धनको शब्द नै उच्चारण हुनै सक्दैन । अन्तमा नेपाली कलालाई पनि पाश्चात्य कलाजस्तै उचाइमा पु¥याउने हो भने कलाका हरेक गतिविधिहरुमा प्रज्ञा प्रतिष्ठान, कलाकार, कला ग्यालरीलगायत सरकार र सरकारी निकायहरुले आ–आफ्नो क्षेत्रबाट आफ्नो दायित्व निर्वाह गर्न जरूरी छ ।