धरान । सीमा नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको १० बोरा चिनीसहित एउटा अटो झापाको दमकबाट नियन्त्रणमा लिइएको छ ।

मोरङको सीमा नाकाबाट भित्र्याइएको चिनी चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको हो । मे.१ ह ५८५१ नम्बरको अटोलाई जाँच गर्दा १० बोरा चिनी बरामद गरिएको छ तर, अटो चालक भने प्रहरीलाई देखेर फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाको आधारमा मोरङको सीमावर्ती नगरपालिका रतुवामाईबाट झापा ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीका अनुसार उक्त चिनी मोरङको चतरामुनि र चुनिमारी सीमाबाट भन्सार छली भित्र्याइएको हो । प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–९ स्थित चिया पसल नजिकैबाट नियन्त्रणमा लिएको छ । ३५ हजारको चिनी र टेम्पोको तीन लाख रुपैयाँ मूल्य कायम गरी मेची भन्सार कार्यालयलाई बुझाइएको छ ।