भद्रपुर । जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौरादह प्रहरीले इटहरी–१९ सुनसरीका साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरि अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।