न गति छ !

न मति छ !!

जे जति भाँडो छ उही थोत्रो छ !!!

तर पनि ऊ ठान्छ जे छ म मा नै छ !!!

समाजको ऐनाले भन्छ अब त समाजको रित्तो भाँडो हो,

तर पनि ऊ ठान्छ समाज त मेरो मात्र पो हो !

ऊ भन्छ अब पालो युवा को हो 

तर ऊ ठान्छ युवाको पनि युवा त मै नै पो हो !


न गति छ !

न मति छ !!

जे जति भाँडो छ उही थोत्रो छ !!!

तर पनि ऊ ठान्छ जे छ म मा नै छ !!!


ऊ भन्छ युवाले देश चलाउनु पर्छ !!!

देश चलाउनलाई नै त युवालाई विदेश पठाउनु पर्छ !!!

जब चुनाव आउँछ अर्को पाल युवाको पालो भन्छ

जब अर्को पाल आउँछ तब एक कार्यकाल मेरै पालो भन्छ !!!


जबसम्म उसले आफूलाई युवा ठानी रहन्छ 

तबसम्म देशले आफूलाई वृद्ध सम्झिरहन्छ !!! 


न गति छ !

न मति छ !!

जे जति भाँडो छ उही थोत्रो छ !!!

तर पनि ऊ ठान्छ जे छ म मा नै छ !!!


  • – सुनिलबाबु कार्की