धरानमा तरकारीको व्यापार गर्ने भारतीय नागरिक विकास भगतलाई  काठमाडौँ लागू औषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । 

विराटनगरबाट काठमाडौँ हिँडेका उनलाई काठमाको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकैबाट लागू औषध नियन्त्रण ब्युरो (एनसीबी), काठमाडौँको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालमा लागुऔषाध ल्याउने एक गिरोहलाई प्रहरीले एक महिना अघिदेखि पीछा गरिरहेको थियो ।

उक्त गिरोहका लागी भगतले जोगबनी नाकाबाट लागू औषध नेपाल भित्र्याइ  डिलरको रूपमा काम गरिरहेको प्रहरीको भइनाइ छ । विराटनगरबाट काडमाडौँका लागि टिकट काटेसँगै उनको पीछा गरिरहेको प्रहरी टोलीले उनलाई विमानस्थल पछाडि पीपल बोटको बायाँतर्फबाट गौशाला जाने बाटोमा र रहेको एक होटेलमा प्रवेश गरेपछि पक्राउ गर्न खोज्दा प्रहरीमाथि घम्साघम्सी भएपछि प्रहरीले उनीमाथि गोली चलाएको थियो । 

घुँडामुनि गोली लागेका उनको साथबाट प्रहरीले  १०० ग्राम लागू औषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरेको जनाएको छ । प्रहरीको गोलि लागी घाइते भएका उनको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गरिएको जनाएको छ । 

धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्ने उनी भारतबाट लागू औषध ल्याएर काठमाडौँमा आपूर्ति गर्ने गरेको भेटिएको भए पनि उनी आफू भने लागू औषध सेवन नगर्ने खुलेको प्रहरीका एक अधिकारीले बताएका छन् । 

विकासले  धरानको भानुचोक पुर्वमा रहेको नयाँ बजारमा आलु, प्याज जस्त तरकारीको व्यापार गर्ने गरेको  बताइएको छ । उनी पासपोर्ट बनाउन  काठमाडौँमा जान लागेको बताउँदै धरानबाट हिँडेको एक व्यापारीले बताएका छन् ।