झापाको बिर्तामोडमा मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नगरपालिकाको ५ नम्बर वडा स्थित  शनिश्चरेबाट मोटरसाइकल चोरीमा संलग्न माई नगरपालिका ६ महमाई इलामका २२ वर्षीय मनिस गिरी र २७ वर्षीय खगेन्द्र भारतीलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार 

शनिबार साँझ साँझ जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नम्बर प्लेट नभएको बुलेट मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

चोरीको मोटरसाइकलसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहको कार्यालयले जनाएको छ ।