भद्रपुर । झापाको बुद्धशान्ति ३ स्थित सयपत्री चौकमा मोटरसाइकलको ठक्करबाट १ को मृत्यु भएको छ । मृत्यु हुनेमा बर्ष ६५ का बलबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १७६५ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदल यात्री वर्ष ६५ का बल बहादुर बस्नेतलाई ठक्कर दिँदा उनको टाउको र अनुहारमा चोट लागेको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए ।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड सी हस्पिटलमा लैजाँदै गर्दा मृत्यु भएको उनले जनाए । मोटरसाइकल चालक गौरादह ४ का ३० वर्षीय संदेश तुम्बापो प्रहरीको नियन्त्रणमा  रहेकाे डिएसपी रिजालले बताए ।