वराहक्षेत्र । इलाका प्रहरी कार्यालय चक्रघट्टीले लागूऔषध ब्राउनसुगरसहित एक व्यक्ति लाई पक्राउ गरेको छ । बुधबार नगरपालिकाको वडानम्बर ८ शुक्रबारेबाट ११ ग्राम ३ सय ७० मिलिग्राम ब्राउनसुगरसहित धरान–११ का ३६ वर्षीय सूर्यकुमार राई पक्राउ परेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताए ।

दिउँसो अन्दाजी ३ बजेको समयमा असइ नन्दलाल चौधरीको कमाण्डमा गएको टोलीले शुक्रबारेको भित्री सडक–खण्डमा चेक जाँच गर्दा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश–१–०२–०४२ प ८४०३ नम्बरको स्कुटीमा पछाडि सवार राईले कालो रङको प्लास्टिकको पोकामा लुकाएर ल्याएको भेटिएको इन्स्पेक्टर दत्तले बताए । राईसँगै स्कुटी चालक धरान–१७ का ३४ वर्षीय मनिष पाण्डे लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।