धनकुटा । जिल्ला बक्सिङ सङ्घ धनकुटाको दोस्रो अधिवेशनले विदुर खवासको अध्यक्षतामा ११ सदस्यीय जिल्ला बक्सिङ सङ्घ गठन गरेको छ ।

सङ्घको उपाध्यक्षमा सुजित प्रधान, रितु दास, सचिव कुमार बस्नेत र कोषाध्यक्षमा सर्मिला आले मगर चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रिजन श्रेष्ठ, रेनुका मगर, राजकुमार राई, निरञ्जन  राई, आशा राई र बलराम लिम्बू चयन भएको नवनिर्वाचित अध्यक्ष खवासले जानकारी दिए ।

अधिवेशनले सल्लाहकार समितिसमेत चयन गरेको छ । सल्लाहकार समितिमा कमलदीप तिगेला, लक्ष्मण विक, किशोर सम्बाहाम्फे, विनोद घिमिरे र दीपक आले मगरलाई चयन गरेको छ । जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यता तथा नेपाल बक्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष नरेन्द्र लिम्बू पोमोको विशेष आतिथ्यमा उक्त समिति निर्माण गरेको सचिव कुमार बस्नेतले जानकारी दिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रमुख नवीन प्रधान, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष सन्तवीर लामा, विभिन्न खेलसम्बन्धी सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधि एवम् खेलाडीहरूको उपस्थिति रहेको थियो ।