स्थानीय तहमा  पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई  नेकपा एमालेले अनुशिक्षण दिँदैछ ।

स्थानीय तहको जनप्रतिनिधि र पार्टी कमिटीका बीचमा समन्वय नभएको गुनासो बढेपछि पार्टीले अनुशिक्षण राखेको हो ।

जनप्रतिनिधिहरूलाई वर्तमान राजनीतिक परिस्थिति, स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धल, बजेट निर्माणलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । प्रशिक्षण कार्यक्रममा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरू सहभागी हुँदैछन् ।

च्यासलस्थित पार्टी कार्यालयमा हुने अनुशिक्षण दुई दिनसम्म सञ्चालन हुने बताइएको छ ।