प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ।

आजको बैठकमा राष्ट्रपतिले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममाथि छलफल जारी रहने छ । प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

सवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने छ ।