वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाको कालाबन्जरमा बुधवार वाट शुरु भएको छैठौं संस्करणको ‘ भरौल अन्तराष्ट्रिय गोल्डकपको बुधवार भएको उदघाटन खेल जित्दै राष्ट्रिय जागृति क्लव ईटहरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

  प्रतिस्पर्धी टिम एन्फा मोरङ्गलाई ट्राईबे्रकरमा ३ का विरुद्ध ४ गोलले हराउ“दै क्लवले सिधै सेमिफाइनलको यात्रा तय गरेको हो ।

 निर्धारित खेल अवधिमा दुवै टिमले गोल  गर्न नसकेपछि गराईएको ट्राईबे्रकरमा जागृती क्लव वाट प्रवेश दनुवार,सुमित चौधरी,विजय राई र उमेश कार्कीले गोल गरे भने एन्फाका गोलकीपर प्रणजय गच्छदार,विशाल पाण्डे र कमल खवासले गोल गरेका थिए ।

स्थानिय जगन्नाथ डेडराज जनता माविको खेल मैदानमा भईरहेको गोल्डकपको विहिवार खेलमा छिमेकी भारतको सिलुगुडीको कन्चनजंघा फुटवल क्लव र आयोजक न्यु स्टार क्लवका विच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

 चैत्र २२ गते समापन हुने प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैंया र ट्रफी प्राप्त गर्नेछन् ।