विराटनगर ।  इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ । 

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा  चैत ३ देखि ८ गतेसम्म प्रतियोगिता हुन लागेको हो । 

आयोजकले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगिता ५० ओभर र दुई वटा टि–२० प्रतियोगिता हुने उनले बताए । 

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिकोतर्फबाट रुबी क्षेत्रीको कप्तानीमा प्रतियोगता खेल्नेछन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपश्री बेगम, कविता जोशी, सम्झना खड्का, आष्मा कर्मचार्य, कविता गौतम, सानु राजवंशीलेलगायतका महिला खेलाडीहरुले खेल्नेछन् ।

उक्त प्रतियोगिता विराटनगर ६ स्थित ज्वाला क्रिकेटको खेलमैदानमा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमागन गरिएको छ । प्रतियोगिताको बिजतासहित बेस्ट ब्याटमेन, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।