धनकुटा । उच्चशिक्षा अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आइरहेको राइट पथ करियर काउन्सेलिङले आफ्नो आठौंै शाखा धनकुटामा स्थापना गरेको छ ।
धनकुटामा एक औपचारिक कार्यक्रम गर्दै राइट पथले शुक्रबार आफ्नो आठौंै शाखाको उद्घाटन गरेको हो । धनकुटामा आयोजित कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरूले राइट पथले युवा विद्यार्थीहरूलाई विदेश गएर उच्चशिक्षा हासिल गरेर स्वदेशमै आउन अभिप्रेरित गर्न परामर्श दिएमा विद्यार्थी र देशकै विकास हुने धारणा राखेका छन् । कार्यक्रममा बोल्दै राइट पथका प्रमुख फिलिप डिसीले अहिलेसम्म दुई हजार बढी विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्न विदेश पठाइसकेको जानकारी दिए ।
कार्यक्रममा राइट पथका सञ्चालक आफै विदेशमा लामो समय बसेर ज्ञान र सीप हासिल गरेर आएकाले पनि उनले विदेशमा हासिल गरेको ज्ञान र सीप नै विद्यार्थीलाई बाँड्नेमा आफूहरू विश्वस्त रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मोहन राई, अभिभावक सङ्घका केन्द्रीय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ, जिल्लास्थित विभिन्न विद्यालयका प्रमुख, शिक्षाविद्, पत्रकार तथा विद्यार्थीहरूको सहभागिता रहेको राइट पथ धनकुटा शाखाका कार्यकारी निर्देशक नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
































