विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् । 

जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ कटहरीकी सुजिता सरदार फस्ट रनरअप भइन् भने सेकेण्ड रनरअप धरानकी रीता राई घोषित भइन् । थर्ड रनरअप पोखराकी ममता खड्का र र्फोथ रनरअप विराटनगरकी सकुन्तला राजवंशी भइन् ।

अर्गनाइजर च्वाइस विनर विराटनगरकी रन्जु सुब्बा भइन् । मिसेस ब्यूटी विथ ब्रेन राजबिराजकी नितु देव, मिसेस इन्टेलेक्ट रीता राई, मिसेस ट्यालेन्ट रन्जु सुब्बा, मिसेस फोटोजेनिक धरानकी ललिता राई, मिसेस क्याटवाक विराटनगरकी आस्मा देव राठी, मिसेस मल्टीमेडिया सुजिता सरदार, मिसेस पपुलर विराटनगरकी ज्योती शाही श्रेष्ठ र मिसेस पब्लिक च्वाईस ममता खड्का भएको जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए  ।

प्रतियोगिताको निर्णायकहरुमा उपन्यायधीवक्ता दिप कुमार यादव,  संचारकर्मी रोशन घिमिरे, डाक्टर अकिंता राठी अग्रवाल र  मिसेस कोशी २०१९ का अर्गनाईजर च्वाइस विनर सविता ढकाल रहेका थिए । 

कार्यक्रमको प्रमुख अथिती कोसी प्रदेशका सामाजिक बिकास मन्त्री  बुद्धी कुमार राजभण्डारी रहेका थिए । विशेष अथितीहरुमा प्रदेश सासंद मीना श्रेष्ठ,  मोरङ प्रहरीका डिएसपी टिका बहादुर कार्की,  राष्ट्रीय  मानव अधिकार आयोग कोशी प्रदेशका कार्यलय प्रमुख पवन भट्ट, राष्ट्रिय  मानव अधिकार आयोग कोशी प्रदेशका कार्यलय अधिकृत चिरंजिवी कोईराला रहेका थिए ।