धरान (ब्लाष्ट) लिम्बु संस्कृतिमा आधारित नेपाली चलचित्र ‘माङ्गेना’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ ।
बुधबार धरानमा आयोजीत एक कार्यक्रममा निर्माण पक्षले पोष्टर सार्वजनिक गर्दै फागुन २९ गते धरानमा प्रिमियर शो आयोजना गरिने जानकारी दिएको छ। सार्वजनिक गरिएको पोष्टरमा फिल्मका प्रमुख कलाकारहरु किशोर सम्बाहाङ्फे, टिका माखिम, आरबी थाङ्देन, ममता लिवाङ, विपना आङछङ्वो, विनोद पोमूलगायतलाई प्रस्तुत गरिएको छ ।
अग्रज कलाकार प्रेम सुब्बाको कथा तथा निर्देशन गरेको चलचित्र मिक्लाजुङ फिल्म प्रालिका लागि सागर सिङ्गलको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रमा झुमा लिम्बु, लक्ष्मण लिम्बु लगायतका गीत पनि समेटिएको छ । चलचित्रको रिलिज मिति भने घोषणा गरिएको छैन ।


































