व्यास नगरपालिकाको दमौलीका अनिल गिरी र बुटवलकी अन्जु थापामगरको भेट चिकित्सक पेशाको एमबिबिएस पढाइको क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा भयो ।
काठमाडौँबाट प्लस टु सकेर अनिल नेपाल सरकार र अन्जुले जर्मन सरकारको पूर्ण छात्रवृत्तिमा एक साथ पढ्न आएका थिए । पहिलो वर्षमा सँगै पढ्दै जाँदा कतिखेर एक–अर्काबीच मनपरापर भयो थाहै पाएनन् । ‘सामान्य कुराकारी त हुन्थ्यो तर, त्योभन्दा बढी अरू कुरा गर्ने हिम्मत नै हुँदैनथ्यो’ चतरा अस्पतालका प्रबन्ध निर्देशक डाक्टर गिरी भन्छन्, ‘२०६५ सालमा कलेज पढ्न आउ“दा मेरो उमेर १८ वर्षको थियो भने उनको उमेर २० वर्षको, पढ्न आएको भर्खरको ठिटोले पढ्न छोडेर लभ गर्न थाल्यो भनेर घरका कराउने र अर्कोतिर आफूले मन पराएकी केटी अरू कोहीसँग बोल्दै नबोल्न ।’ ‘एउटै क्लास अनि कम्युनिटी डायोग्नोसिष्ट प्रोग्रामको समूह पनि एउटै तर, पनि बोलचाल हु“दैन्थ्यो हामी बीच’ उनले भने, ‘त्यही भएर क्लासका सबैले उनलाई वनम्यान आर्मी भन्थे ।’
‘विस्तारै चिनजानपछि कुरा हुनथाल्यो, कहिलेकाहीँ म्यासेज पनि पठाउँथिन् । यसले गर्दा कता कता उनले पनि मलाई मन पराउन थालिसकेको जस्तो लाग्थ्यो, तर, के गर्ने नगर्ने सोच्दैमा सेकेन्ड इयरको अन्तिममा अर्थात् करिब डेढ वर्षपछि बल्ल हिम्मत गरेर उनलाई प्रेम प्रस्ताव गरेको बताउँछन् । सुरुमा उनले केही जवाफ दिइनन् तर, केही समयपछि म पनि तपाईं लाई मन पराउ“छु भनेपछि खुसीको ठेगाना नै रहेन । साथीहरूले पनि हाम्रो प्रेम कहानी थाहा पाए, उनीहरूले अब मलाई सेनाको पति सेनापति भन्न थाले । तर, क्लासमेटले थाहा पाए पनि हाम्रो प्रेमको बारेमा कलेज प्रशासनलाई थाहा हुन दिएनौं, किनभने त्यहाँको म्यानेजिङ डाइरेक्टरले यस्तो थाहा पायो कि आएर ड्याम कि डयाम पिट्थे’–डाक्टर गिरी भन्छन् ।
प्रशासनको कतिसम्मको डर भने आफूले पर्पोज गरेकी केटीले ओके भनेको भए पनि डेटमा जानु त परै जाओस्, सँगै बसेर चियासमेत खान सकेनौं, फेरि उता उनी पनि मसँग किन हो पर पर नै भाग्थिन् । एक पटक उनी मसँग रिसाएको बेलामा अन्जुलाई मैले अरूको सहयोग लिएर मगर भाषामा प्रेम पत्र लेखेँ, तर रोचक कुरा उनलाई मगर भाषा नआउ“दो रहेछ । पहिलो वर्षको परीक्षाफल आयो, त्यसमा अन्जु मेडम तेस्रो र म छँैठौं हो कि सातौं उत्तीर्ण भएँ, सबै साथीहरूले त लभ गरेर बिग्रिइस् भन्ने थाले । अन्जु र मैले अब त राम्रो गर्नुपर्छ भन्दै दोस्रो वर्षको पढाइ थाल्यौं ।
त्यतिखेर वीरगञ्जमा इन्डियाको रिलायन्सको सिग्नल राम्ररी आउँथ्यो । अनि छतमा एन्टेना राखेर सिडिएमए फोन सेटमा तार जोडेर, महिनाको ५ सय रुपैयाँ तिरेपछि महिना दिनभरि मज्जाले बोल्न पाइन्थ्यो । त्यपछि त हामी रातभर सेट अन गरेर भ्वाइस कल गर्दै सँगै पढ्न थाल्यौँ, दोस्रो परीक्षाफल आउ“दा म कलेजको फस्ट र अन्जु सेकेन्ड भइन् । यति मात्र होइन, त्यस वर्षको परीक्षामा नेपालभरिमा म दोस्रोे र अन्जु तेस्रो स्थान टप भइन् । परीक्षामा टप भएपछि हिजो बिग्रियो भन्ने साथीहरू खुसी भए, लभ गर्नेले फोनको एन्टेना राखेर पनि राम्रो नतिजा ल्याउन सकिन्छ भनेर सबै प्रेमीजोडी साथीले हामीले जस्तै फोन सेट राख्न थाले । लभ गर्नेले फोनको एन्टेना राखेर पनि पहिलो हुन सकिन्छ भन्दै सबै जोडीले फोनको एन्टेना राख्न थाले । त्यतिखेरका एकजना एमडीले कति राम्रो गरेको परीक्षा बाबू, तिमीहरूको विहे अरूले नगराए पनि म गराउ“छु भनेर आशीर्वाद दिनुभएको थियो ।
२०७१ सालमा हामी अन्तिम वर्षमा थियौं । अब घर जाने बेला आयो, हाम्रो प्रेमको बारेमा घरमा दुवैले जानकारी दिनुपर्छ भनेर हामीले आ–आफ्नो घरमा खबर गर्यौं । मेरो घरबाट खबर राम्रै आयो तर, उनको घरमा भने रुवाबासी नै भयो । ससुरालीबाट काट्छु, मार्छुसम्मको कुरा चल्यो ।
पछि इन्टर्नसिप जानुपर्ने भयो । तर, समय लाग्ने भएको हु“दा एक पटक प्रयास त गर्नैपर्छ भनेर ससुरा बुबालाई भेट्न खोज्दा उहाँले भेट्न त परै जाओस् कुरासमेत गर्न मान्नुभएन । के गरौँ भनेर अन्जुलाई घरमा सबैभन्दा नरम नरिसाउने को हुनुहुन्छ भनेर सोध्दा उनले ठूलोबुबासँग कुरा गर्ने सल्लाह दिइन् । दमौलीबाट बुटवल बेहुलीको हात माग्न जाने त भइयो तर, गएपछि केटीपक्षले के गर्ने होला भनेर घरमा सबै डराए । कसैगरी भिनाजुलाई सँगै लिएर हामी आउने थाहा नै नदिई उनको घरमा गयौं ।
विहे गरिस् भने काट्छु र मार्छु भनेको हुनाले कुरा गर्न त जाने, तर नचिनेको ठाउ“ अनि समाजमा जाँदा के गर्ने हुन् भनेर ब्याकअपको रूपमा हामी तय समयभित्र आएनौं अथवा हाम्रो फोन आएन भने हामी भएको ठाउ“मा तुरुन्त आउनू है भनेर चिनेका एकजना प्रहरी अङ्कल र साथीलाई सेट गरेर गयौं । घर नजिक पुगेर ठूलोबुबालाई हामी आएको भनेर खबर ग¥यौं, सुरुमा राम्रो प्रतिक्रिया दिनुभएन उहा“ले पनि । त्यसपछि १ घण्टासम्म दुवैको प्रेमसम्बन्ध, हाम्रो पढाइ र विवाहपछिको भविष्यका योजनाहरूको बारेमा आश्वस्त बनाएपछि बल्ल उहाँले ज्वाइ“सा’व भन्न थाल्नुभयो ।
उहाँहरूको सबैभन्दा ठूलो चिन्ता भनेको जातीय रीतिरिवाज र छोरी पढाउँदैनन् कि भन्ने थियो । तर, मैले उहाँलाई विश्वास दिलाएर जसरी पनि पढाउ“छु भनेँ, नभन्दै लास्ट इयरको परीक्षामा अन्जु मेडम कलेज फस्ट र ब्याच टपर हुनुभयो र म सेकेन्ड भएँ ।
राख भए अग्राख पलाउ“छ भनेजस्तै पछि के हो के भनेर बिहे गर्न भनी २०७१ साल असार १ गते बुटवल जाने भइयो । तर, छोरी दिन्छन् कि दिँदैनन् भनेर अनिश्चित भएर बुबा र म चाहिँ तयार भएर भने अन्य भाइ, बहिनी र अङ्कल चाहिँ त्यतिकै सामान्य रूपमा पाँच–सातजना अट्ने सानो गाडीमा एक जनाको सिट खाली राखेर केटीको घरमा गयौं ।
त्यहाँ गएपछि उही पहिलेको जस्तै भए भरका केटीका आफन्त हजुरबुबाले प्रश्न गर्न थाले । पाँच–सातवटा प्रश्न गरेपछि सबै खुसी भए, अन्त्यमा सँगै बस्ने भनेको श्रीमान् श्रीमती नै हो, अरू छोराछोरी साथ बस्दैनन् मात्र के भनेको त्यस घरका सबैभन्दा बूढो हजुरबुबाले तपाईंलाई नातिनी दिएँ, ज्वाइ“ भन्दै अँगालो मारे । त्यतिखेर नै उता बेहुली तयार गरेर राखेका रहेछन्, मगर संस्कृतिअनुसार हाम्रो विवाह भयो । हाम्रो परिवारले फेरि अर्को विवाह मण्डप बनाएर हाम्रो संस्कार लाद्न चाहेनौं । केटीपक्षले विश्वास गरेर जुन सम्मानका साथ छोरी दिनुभयो । त्यो सम्मानलाई अहिलेसम्म पनि कायम राखेका छौं ।
वीरगञ्जमा इन्टर्न गरेपछि दमौलीमा पोष्टिङ भई दुवैजना केही महिना काम गरेर धरानको बीपी अस्पतालमा आएपछि धनकुटाको डाँडाबजार जाने म संयोगले चतरा अस्पतालमा आएँ भने मेडम पनि त्यसको केही समयपछि चतराको संस्थापक प्रसूतिरोग विशेषज्ञ भएर आउनुभयो । अहिले हामी दुवैजना आ–आफ्नो पेशा एउटै भए पनि फरक विभाग भएको हुनाले कार्यक्षेत्रमा तर, त्यो मायाँ अनि विश्वास र टिनएजको प्रेम अहिले उमेर र अनुभवले मेच्योर बनेको छ । डाक्टर अनिल गिरी भन्छन्, ‘प्रेम गर्नुहोस् तर, आकर्षणको क्षणिकभन्दा यथार्थको दीर्घकालसम्म टिक्ने जीवनपर्यन्त साथ दिने आपसी विश्वास, पे्रम र समझदारीले जीवन्त प्रेम गर्नुहोस् । तपाईं सबैलाई प्रेम दिवसको हार्दिक शुभकामना ।
































