धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा समीक्षा कार्यक्रम गरेको छ ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा अधिकांशले पार्टीले चुनावी गठबन्धन ठीक तरिकाले नगरेको निष्कर्ष निकालेका छन् । पार्टीले लिएको चुनावी गठबन्धनको नीति र सीट बाँडफाँड नै गलत भएको निष्कर्ष निकालेका हुन् । स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरिएको भए नै राम्रो नतिजा आउने बताएका थिए । 

गुटगत भावना र महाधिवेशनको तिक्तता पनि हारको अर्को कारण बनेको सहभागी नेताहरुले औल्याए । सभापति तामाङले समीक्षा कार्यक्रमवाट आएका सुझाव, गुनासा र विचार माथि स्थानीय नेतृत्वको बैठक बसी आवश्यक निर्णय लिइने बताए । कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मिना सुब्बा, १ नं. प्रदेशसदस्यद्धय गणेश परियार र अन्जना राईलगायत सहभागी रहेका थिए ।