भद्रपुर । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले झापाको ३ नं. क्षेत्रमा स्वर्णिम युग सुरु हुने उद्घोष गरेका छन् ।

२८५९ औँ सोनाम ल्होछारको अवसरमा भद्रपुर–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो उद्घोष गरे ।

मन्त्रीमण्डलमा समावेश भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका लिङ्देनले पूर्वाधार विकास र कृषिको क्षेत्रमा विशेष काम गर्न सकिने र यसका लागि स्थानीय अगुवाहरूले विना पूर्वाग्रह अग्रणी भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा १ नं. प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलालगायतको उपस्थिति रहेको पद्मछ्योलिङ गुम्बाका अध्यक्ष सुभाषचन्द्र थिङले जानकारी दिए ।