इटहरी उपमहानगरपालिकाले आज (बुधबार) शोक बिदा दिएको छ । 

उपमहानगरपालिका कार्यालय रहेको जग्गा दाताको निधनमा उपमहानगरले शोक बिदा दिइएको हो । नगर प्रमुख हेमकर्ण पौडेलले मंगलबार सूचना जारी गरी  उपमहानगरपालिका भित्रका कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने गरी एक दिनको शोक बिदा  दिएका हुन् । 

  जग्गाका दाताहरू रामजीप्रसाद चौधरी र मानपुर चौधरीका सन्तान खेमनारायण चौधरीको निधनमा दुख व्यक्त गर्दै शोक बिदा दिएको सूचनामा जनाइएको छ ।