पथरी । मोरङ कानेपोखरी–६ रमाइलोमा स्थापना भएको साना किसान कृषि सहकारी संस्थाद्वारा १ दर्जन शेयर सदस्यहरू सम्मानित तथा पुरस्कृत भएका छन् ।
संस्थाको सातौं वार्षिक साधारणसभामा शेयर सदस्यहरू सम्मानित तथा पुरस्कृत भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी, विशिष्ट अतिथिहरू राजेन्द्र सापकोटा र दीपकराज पाण्डेले शेयर सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गरेका थिए ।
सम्मानित हुनेहरूमा समूह विस्तार गर्ने सुस्माकुमारी चौधरी, समूह नंं. ५५ को उत्कृष्ट समूह, मासुजन्यमा भोलामान लिम्बू, दूधजन्यमा जानुका पोख्रेल, बालबचतमा सर्जक कार्की, उत्कृष्ट ऋणीमा रमा मगर, लीला कार्की राउत र नरमाया वि.क. रहेका छन् ।
त्यसैगरी पुरस्कृत हुनेहरूमा सिवानी धिमाल, जानुका धिमाल, सीता धिमाल र बबिता धिमाल रहेका छन् । संस्थाले यसै आर्थिक वर्षमा ११ लाख ६२ हजार २ सय ४७ रुपैयाँ शुद्ध बचत गरेको छ । गत वर्ष १९ लाख ४ हजार ३ सय ६८ रुपैयाँ शुद्ध बचत गरेको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको कुल आम्दानी ८९ लाख ३९ हजार ६ सय ६७ रुयैयाँ रहेको छ । आगामी आर्थिक वर्षमा संस्थाले १ करोड १९ लाख ९२ हजार ३ सय ५६ रुपैयाँ आम्दानी पु¥याउने लक्ष्य राखेको छ । संस्थाले यस आर्थिक वर्षमा ४ करोड ५६ लाख २६ हजार ५ सय ऋण लगानी गरेको छ । यसअघि ३ करोड ८१ लाख ७५ हजार १ सय ९ रुपैयाँ ऋण लगानी गरेको थियो ।
कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन तथा कार्ययोजना संस्थाकी अध्यक्ष कल्पना भण्डारीले र आर्थिक वर्ष २०७८÷०७९ को प्रगति एवम् आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संस्थाकी प्रबन्धक विमला विष्टले प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णुमाया फुयालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अन्य अतिथिहरू वडा नं.६ का वडाध्यक्ष खड्ग बस्नेत, न्यु देउराली कृषि सहकारी संस्थाका नवराज कटुवाल, दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका स्वस्तिका फुयाल, मातृभूमि कृषि सहकारी संस्थाका सूर्यप्रसाद कोइरालालगायत रहेका थिए ।