विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।
जितको लागि ओडिसिका रन्जित दनवारले तीन गोल, ओसिस तिम्सिनाले दुई गोल र सागर राजवंशीले एक गोल गरेका थिए ।
सोही दिन भएको दोस्रो खेलमा मदरल्याण्ड एकाडेमीले एभरेष्ट स्कुललाई १–० गोलले पराजित ग¥यो । जितको लागि मदरल्याण्डका प्रज्वल कार्कीले निर्णायक गोल गरे ।
यसैगरी तेस्रो खेलमा ग्रेडेड स्कुलले पोलस्टार स्कुललाई ४–० गोलले हरायो । ग्रेडेडका आर्यन भण्डारीले तीन र रोजल राजवंशीले एक गोल गरेका थिए ।
चौथो खेलमा सेन्टजोसेफ स्कुलले मेरीगोल्ड स्कुललाई ४– १ गोलले पराजित ग¥यो । जितको लागि सेन्टजोसेफ स्कुलका शशांक राईले दुई गोल, आरभ शर्मा, र निश्चल सिटौलाले समान १÷१ गोल गरेका थिए ।
पाँचौ खेलमा देवकोटा स्कुलले मदरटेरेसा स्कुललाई २–१ गोलले हरायो । जितको लागि देवकोटा स्कुलका राहुल पासवान र अरविन साहीले गोल गरेका थिए । मदरटेरेसाका सर्वन रायले सान्तवना गोल फर्काए ।
आइतबार पाँच वटा खेल हुनेछ । पहिलो खेल अरनी र गोदावारी, दोस्रो खेल मोर्डन ऐरा र एजलिया, तेस्रो खेल प्यारागन र सिदार्थ, चौथो पूर्वाञ्चल र मार्टस, अन्तिम पाँचौ खेल बिकेभिएम र कान्तिपुर स्कुलबीच हुने प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।
प्याब्सन विराटनगरले आयोजना गरेको फुटबल पुस १ देखि ८ गतेसम्म संचालन हुने प्रतियोगितामा २८ वटा विद्यालयले भाग लिएको कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।