सुनसरी । सप्तकोसी नदीमा बग्दै गरेको अवस्थामा हरिणको उद्धार गरिएको छ ।
शुक्रबार दिउँसोको समयमा सप्तकोसी नदीमा बगिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी कोसी ब्यारेजबाट असइ रेवतबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयबासीसमेतको सहयोगमा घाइते भई अलपत्र अवस्थामा भेटिएका दुईवटा हरिण (एउटा भाले र एउटा पोथी) नियन्त्रणमा लिई कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुसाहाको जिम्मा लगाइएको छ ।
घाइते हरिणको उपचार पश्चात् कोसीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको आरक्ष प्रशासनले जनाएको छ ।