धरान । ब्लाष्टकर्मीसहित ५ पत्रकार पुरस्कृत भएका छन् भने २ जना अग्रज पत्रकार सम्मानित भएका छन् ।

ब्लाष्ट टाइम्स दैनिकका संवाददाता खिलानाथ विश्वकर्मा प्रेस स्वतन्त्र सेनानी याम प्रधान स्मृति पुरस्कारबाट नगदसहित परस्कृत भएका हुन् ।

अग्रज पत्रकार गिरिराज आचार्य चन्द्र लक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । डम्बरबहादुर थापा स्मृति पुरस्कारबाट शशी कोइराला, रेमन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट सीमा बस्नेत र वराहक्षेत्र नगरपालिकाबाट बाबुराम कार्की पुरस्कृत भएका छन् । यस्तै दीर्घ जीवन पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हर्ष सुब्बा र कृष्णविनोद लम्साल सम्मानित भएका हुन् ।

पत्रकार महासङ्घ सुनसरी शाखाका अध्यक्ष जनकऋषि राईको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा सचिव धु्रव ढकालले साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए ।

त्यस्तै कोषाध्यक्ष अजित झाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाका प्रमुख अतिथि तथा १ नं. प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री केदार कार्कीले पत्रकारिताले मुलुकको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।