धरान । सन् १९४९ मा भएको ‘मलाया इमरजेन्सी जङ्गल वार’ को विषयलाई समेटेर निर्माण गरिएको ‘गोर्खा वारियर’ फिल्मको फस्ट लुक सार्वजनिक गरिएको छ ।

सन् २०२३ मा विश्वव्यापी रिलिज गर्न लागिएको छ । मङ्गलबार फिल्मको फस्ट लुक सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । फिल्मको निर्देशन मिलन चाम्सले गरेका हुन् ।

फिल्म तीन भाषामा निर्माण गरिएको निर्देशक चाम्सले जानकारी दिए । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा फिल्म निर्माण गरिएको हो । फस्ट लुकको तीनवटा तस्बिर सार्वजनिक गरिएको छ । गोर्खाली सैनिकको साहसिक युद्धकथालाई फस्ट लुकमा समावेश गरिएको छ ।

युद्ध जनराको फिल्ममा रितेश चाम्सले नायकमा डेब्यू गरेका छन् । रितेशसँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायत छन् । फिल्म नेपाल र मलेसियामा छायाङ्कन गरिएको छ ।