विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल शनिबार विराटनगरमा हुने भएको छ । उक्त प्रतियोगिताको उपाधि जित्नको लागि ४४ जना प्रतियोगिहरू प्रतिस्पर्धामा उत्रिदैछन् । 

जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक वर्ष मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता गर्दै आएको छ । 

प्रतियोगिताको फाइनलमा  खोटाङकी रीता परियार, रंगेलीकी स्मारीका यादव, इटहरीकी अविज्ञा पोखरेल, मोरङको रतुवामाइकी अयुषा बस्नेत, इनरुवाकी अन्तरा सुब्बा, साक्षी यादव, अनिसा कुमारी मेहता, रिसिका रिजाल, एलिसा रौनियार पुगेका छन् । यस्तै विराटनगरकी परी नेवटीया, स्वर्निमा भट्टराई, आयुना राई, माही भगत, आर्यता झा, अनिसा राजवंशी, प्रतिक्षा श्रेष्ठ, स्वच्छा श्रेष्ठ, आरवी खड्का, जेनी राजवंशी, प्रियकां कोइराला, सायरा थापा, आर्यन साह, केशव झा, रोहित कुमार साह, आदर्श रौनियार, आरोन राज श्रेष्ठ, आरुष दाहाल, समरुद्ध यादव, प्रसुन तामाङ, बिबेक नेवटीया, मारुती कुमार मण्डल, अभियान श्रेष्ठ, भविष्य चौधरी, परिस्कृत आचार्य फाइनलमा पुगेका छन् । 

यसैगरी पथरीका सार्थक भट्टराइ, राजबिराजका आरज्ञा मंडल,  भोजपुरबाट कटरीना सुबेदी, सुवासना श्रेष्ठ, कटहरीकी हिमानी राजवंशी, उदयपुरका आलिया शाही ठकुरी, सोलुखुम्बुबाट रिहाना राउत, बुढीगंगाकी  मेघा कुमारी शर्मा, जहदाबाट श्रेया राजवंशी र झोराहाटकी  स्नेहा साह फाइनलमा पुगेका छन् ।

प्रतियोगिताको बिजेता हुने मिस्टर र मिस लिटलले जनही ३०÷३० हजार रुपैयाँको साथै आकर्षक गिफट ह्याम्परहरू पाउने जय मिडिया मेनेजमेन्टका चेयरम्यान तथा कलाकार जय राज रायले जानकारी दिए