सुनसरी क्षेत्र नम्बर १ का एमाले जसपा तालमेलका उम्मेदवारहरूले घरदैला अभियानलाई तीव्रता दिएका छन् ।  दुई दलेका साझा उम्मेदवार प्रतिनिधि सभाको सदस्यको उम्मेदवार छाता चुनाव चिन्हमा जसपाका अशोक कुमार राई रहेका छन्,  भने । प्रदेश सभाको 'क' मा सूर्य चुनाव चिन्हमा एमालेका रमेशकुमार बस्नेत र 'ख' मा  विजयकुमार राईको उम्मेदवारी रहेको छ ।

घरदैलो अभियानकै क्रममा शनिवार तालमेलका उम्मेदवार अशोककुमार राई र प्रदेश सभा १ ‘ख’ का उम्मेदवार विजयकुमार राईसहितको टोली सुनसरी क्षेत्र नम्बर १ मा पर्ने  बरहक्षेत्र नगरपालिकाको वडा नम्बर ३,४, ५ मा पुगेका छन् । 

चुनावी प्रचार प्रसारका लागी घरदैलो अभियानमा उक्त टोलीलाई एमाले राष्ट्रियताको पक्षधर रहेको स्थानीय युवाहरूले बताएका छन् ।

उनीहरूले देशको पछिल्लो अवस्था र राजनीतिक घटना क्रमहरू हेर्दा प्राय दलहरू शक्ति र सत्ताको लागि जुनसुकै हद पार गर्न पनि तयार रहेको देखिएकोले त्यसलाई रोक्नका लागि पनि एकाले जसपाको  समीकरणले चुनाव जित्नै पर्ने अाश्यकता रहेको बताएका छन् । 

घर दैलोमा पुगेको टोलीलाई स्थानीय  युवा सन्दीप थापाले ‘मेरो र हामीजस्ता युवा विद्यार्थीको भोट राष्ट्र निर्माणको पक्षमा हुनेछ, म  अहिले राष्ट्रियताको पक्षमा एमालेले जती गरेकाे छ । अरू दलले त्यसलाई उल्ट्याइदिने बाहेक केही भएको छैन । त्यसैले एमाले राष्ट्रियताको खम्बा हो । ’ 

घरदैलो कार्यक्रममा उपस्थित युवाहरूले एमाले जसपाको समीकरणलाई नै भोट दिने  आश्वासन समेत दिएका थिए

अभियान वराहक्षेत्रको बीचपानी चोक, मिलन चोक, सिमरवन, विशाल चोक, अमाहा सीमसारमा आइपुगेको छ । आजै वराहक्षेत्रका तीनकुने, आन्रामठ, धनपुरी, पिडारी र बाङ्गेमा घरदैलो अभियान गर्ने छ ।